२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

मकवानपुर प्रहरीले ठुलो मात्रामा लागुऔषध र भारतिय गाडीसहित २ जना नागरिक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र ०८, २०८२

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट र प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौंडा उप महानगरपालिका वडा नं १५ रातोमाटे चेक पोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा रक्सौलबाट काठमाण्डौ तर्फ जान आउँदै गरेको BR O1 PB1802 नम्बरको भारतिय सुमोलाई रोकी चालक देश भारत उत्तर प्रदेश राज्य बहराईच जिल्ला बलाई गाँउ बस्ने वर्ष ३५ को किस्मत अली र ऐ.ऐ.

बस्ने बर्ष २८ को शाहरख अलीलाई शंका लागी रितपुर्वक खानतलासी गर्दा सुमोको पछाडी तर्फको दुईवटै साईडको वडी भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा कालो प्लाष्टिकमा ३९ वटा पोकामा प्रतिवन्धित लागु औषध PHENERGAN-१९५० एम्पुल, NOOPHIN-१९५० एम्पुल, DIAZEPAM-१९५० एम्पुल गरी जम्मा ५८५० एम्पुल र TRAMADOL २४० क्याप्सुल समेत फेला परेको हुंदा उक्त ला.औ. तथा सवारी साधन समेत बरामद गरी निजहरु किस्मत अली र शाहरुख अलीलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!