२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मकवानपुर प्रहरीले ठुलो मात्रामा लागुऔषध र भारतिय गाडीसहित २ जना नागरिक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र ०८, २०८२

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट र प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौंडा उप महानगरपालिका वडा नं १५ रातोमाटे चेक पोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा रक्सौलबाट काठमाण्डौ तर्फ जान आउँदै गरेको BR O1 PB1802 नम्बरको भारतिय सुमोलाई रोकी चालक देश भारत उत्तर प्रदेश राज्य बहराईच जिल्ला बलाई गाँउ बस्ने वर्ष ३५ को किस्मत अली र ऐ.ऐ.

बस्ने बर्ष २८ को शाहरख अलीलाई शंका लागी रितपुर्वक खानतलासी गर्दा सुमोको पछाडी तर्फको दुईवटै साईडको वडी भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा कालो प्लाष्टिकमा ३९ वटा पोकामा प्रतिवन्धित लागु औषध PHENERGAN-१९५० एम्पुल, NOOPHIN-१९५० एम्पुल, DIAZEPAM-१९५० एम्पुल गरी जम्मा ५८५० एम्पुल र TRAMADOL २४० क्याप्सुल समेत फेला परेको हुंदा उक्त ला.औ. तथा सवारी साधन समेत बरामद गरी निजहरु किस्मत अली र शाहरुख अलीलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]