१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

इन्डियाको केरलाबाट करिब १५ महिनाको घर फर्कदै गरेका दाङका होमबहादुर कामी सम्पर्क बिहिन

Logo
सागर रोका प्रकाशित आइतबार, भाद्र ०८, २०८२

दाङ । राजपुर गाउपालिका वडा नं.७ स्थित सिमगजमरी नाकाका होम बहादुर कामी वैदेशिक रोजगारीको लागी ईन्डियाको केरला पुगेका थिए ।

होम बहादुर कामी रोजगारको लागी ईन्डिया केरलाबाट  करिब १५ महिनाको यहीँ अगस्ट १३ मा घर फर्किएका थिए ।

भने होम बहादुर कामी ईन्डिया बाट आउदा आउदै एकाएक   सम्पर्क बिहिन भएका छन् ।

ईन्डियाको केरला बाट आफ्नो घरपरिवारलाई समेत घर आउन लागेको संकेत समेत दिएका थिए ।

भने घर पठाउनको लागी बस चदाउन आफ्नै मामाका छोरा निरज सुनार बाटो सम्म पुर्याउन आएको समेत निरज सुनारले जानकारी दिएका छन ।

राजपुर गाउपालिका वडा नं.७ नाका मा बसोबास गर्दै आउनुभएका शम्थे कामीका जेठा छोरा हुन भने होम बहादुर कामी उमेरले उनि ३२ वर्षका थिए ।

वेपत्ता भएका कामी लामो समयपछि चाडपर्व मनाउने उदेश्यले घर आउन लागेका दिदि गौसरी खड्काले जानकारी दिनु भएको थियोे ।

घरपरिवारका जेठा छोरा मात्रै नभएर घरको हरेक जिम्मेवारी समाल्ने एउटा घरको खम्बा पनि हुन ।

ईन्डियाको केरला बाट घर आउनको लागी निस्किएको करिब १२ दिन पुग्दा सम्म पनि सम्पर्कमा नआएको घरपरिवारले जानकारी दिएका छन।

होम बहादुर कामी संगै काम गर्ने वरपरका साथीहरूलाई सम्पर्क गरेर बुझ्दै जादा अहिले पनि कुनै पनि साथीहरू संग सम्पर्कमा नआएको कामी का घरपरिवारले जानकारी दिएका छन ।

होम बहादुर कामी का परिवारले खोजिका लागि नजिकै रहेको ईलाका प्रहरी कार्यालय भैसाही नाका मा समेत खोजी कार्यको लागी निवेदन समेत दिएका छन ।

सोही घरपरिवारले खोजीमा सहयोग पुर्‍याउनका लागी होम बहादुर कामी का परिवारले आग्रह समेत गरेका छन ।

होम बहादुर कामी लाई भेट्नुहुने जोकोही महानुभावले मोबाईल नम्बर:- 9742818537 वा 8303726464 मा सम्पर्क गरिदिन हुन परिवारले अनुरोध समेत व्यक्त गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!