विराटनगर । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८२” अन्तरगत भदौ ८ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर र कोशी प्रदेश प्रहरी गण विराटनगरको निरीक्षण सम्पन्न भएको छ ।
“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” निरीक्षण अनुगमनको क्रममा पाल्नु भएका नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. सहितको केन्द्रिय मुल्याङकन टोलीबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको कार्यालय भवन, सम्पूर्ण शाखाहरु, जनशक्ति व्यवस्थापन, अभिलेख व्यवस्थापन, प्रहरी कार्य, प्रशासनिक गतिबिधि, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनि गरिएका नविनतम कार्य लगायत विविध विषयमा निरीक्षण तथा अवलोकन भएको थियो ।
यसै गरी निरीक्षण टोलीले कोशी प्रदेश प्रहरी तालिम केन्द्रको भौतिक संरचना लगायत प्रशिक्षण पद्धतिको निरीक्षण गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी गणको कार्यालय भवन तथा बिभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै प्रदर्शन गरिएको डेमोस्ट्रेसनको अवलोकलन गर्नु भएको थियो ।