२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

शाहले हालेको रिटमा उच्च अदालतद्वारा घोराही उपमहानगरलाई कारण देखाउ आदेश भदौ १८ गते पेशी,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र ०९, २०८२

दाङ । तुल्सीपुर घोराही ८ का निबर्तमान वडा अध्यक्ष जितेन्द्र शाहले आफुलाई अन्यायपुर्बक वडा अध्यक्ष पदबाट हटाई कार्यपालिका बैठकमा पनि मानमर्दन गर्ने किसिमले दुर्ब्यबहार गरिएको भन्दै कानुन बिपरितको कदम रोक्न माग गर्दै उच्च अदालत तुलसीपुरमा सोमबार दायर गरिएको रिटमा घोराही उपमहानगरपालिकालाई कारण देखाउ आदेश जारी गरिएको छ । अदालतले अग्राधिकार दिएर रिटको अर्को सुनुवाई भदौ १८ गते तोकेको छ । शुक्रबार शाहले रिट अदालतमा दर्ता गरेका हुन । मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलाशले उपमहानगरलाई कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई अर्को पेसिमा बोलाएको छ । सर्बत्र चासो र चिन्ताको रुपमा रहेको प्रकरण अन्तत अदालतसम्म पुगेको छ ।

उनले आफुलाई एक पटक पनि सफाईको मौका नदिई एकाएक अन्याय गरेर राजिनामा दिएको पनि दुइ बर्षपछि राजिनामा स्विकृत गरेको जनाउदै कुनै कानुनि पनि प्रकृया पुरा नगरि आफुलाई पदबाट हटाई कार्यबाहक अध्यक्ष तोक्ने काम भएकाले उक्त निर्णय बदर गरि आफुलाई पुर्बबत जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गरेको शाहले बताए । उनले अब आफुले एमालेको सदस्यता फेरि नलिने र सो पार्टीमा नफर्कने भन्दै बाकी कार्यकाल पुरा गर्न अदालतले आफुलाइ पुर्नबहालि गरिदिने बिश्वास ब्यक्त गरेका छन । जनताको मन जित्ने काम गर्दा गर्दै पदबाट हटाईएको दाबीसहितको रिटमा उनले गैरकानुनि ढङ्गबाट मनलाग्दी तरिकाले पदबाट हटाईएको बताएका छन् । कानुनि लडाई आफुले जित्ने र बाकि कार्यकाल जनताको मन जितेर काम गर्ने इच्छा रहेको बताए । शाहले आफुलाइ पदबाट हटाउने घोराही उपमहानगर प्रमुख नरुलाल चौधरी, उप प्रमुख हुमा डिसिसहित सिङ्गाे कार्यपालिकालाइ बिपक्षि बनाई अदालतमा रिट हालेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]