२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

रौतहटमा रुबी कुमारी साहको शव फाल्न प्रयोग गरिएको रिक्सा चालक पक्राउ अनुसन्धान गर्दै प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र ०९, २०८२

रौतहट । माधवनारायण नगरपालिका २ मुडबलवाकी रुबीकुमारी साहको शव फाल्न लगिएको रिक्साका चालकलाई प्रहरीले पक्राउ गरेको छ। सुटकेसमा प्याक गरेको अवस्थामा साहको शव शनिबार राति मुडलवा गेटनजिक सडकमै फेला परेको थियो।

तर अनुसन्धानका क्रममा उक्त शव फाल्नका लागि रिक्सा भाडामा लिएको र रिक्सा बिग्रिएपछि आरोपित सडकमै शव फालेर फरार भएको देखिएको अनुसन्धानमा संलग्न रौतहट प्रहरी अधिकारीले बताएका छन्।

शव फाल्न भाडामा दिएका ई–रिक्साका चालक गौरका लक्ष्मण महरा प्रहरी नियन्त्रणमा छन्। उनले आफूले के सामान हो भन्ने जानकारी नभएको तर बीच बाटोमै रिक्सा बिग्रिएपछि आफूलाई फर्काइदिएको उनले प्रहरीलाई बताएका छन्।

उनले प्रहरीले बताएअनुसार आरोपितले गंगा पिप्रासम्म ५ सय रुपैयाँमा रिक्सा भाडामा लिएका थिए। बाटोमै रिक्सा बिग्रिएपछि सुटकेस छाडेर उनीहरू फरार भएको खुलेको छ।

हत्यामा संलग्नको पहिचान भइसकेको रौतहट प्रहरीको दाबी छ।

‘अहिले अनुसन्धान भइरहेको छ। छिट्टै घटनाका सम्बन्धमा सबै कुरा बाहिर ल्याउँछौँ’, प्रहरी अधिकारीले नेपालखबरसँग भने, ‘शंकित व्यक्ति रुबीसँग लामो समयदेखि सम्पर्कमै रहेको देखिन्छ।’

ती व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएको र उनले विदेशबाट फर्किँदा ल्याएकै सुटकेस रुबीको शव फाल्न प्रयोग गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ।

‘हामी अनुसन्धानको निस्कर्षतिर पुगेका छौँ। अनुसन्धानका सबै पाटो पोजेटिभ छन्। यति भनेपछि बुझ्नुस्, हामी छिटै सबै कुरा सार्वजनिक गर्ने अवस्थामा छौँ’, अनुसन्धान अधिकारीले भने।

२६ वर्षकी रुबीलाई त्यस साँझ बोलाएर हत्या गरेको अनुसन्धान अधिकृतको दाबी छ। शनिबार साँझ केही सामान लिन जान्छु भन्दै गौर गएकी छोरी नफर्किएको उनकी आमा मिथिलादेवीले बताएकी छन्।

तर त्यसै राति गौर नगरपालिका ९ मुडवलवा गेटनजिक सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो। राति नै स्थानीयले प्रहरीलाई खबर गरे पनि प्रहरीले आइतबार बिहान स्थानीयको रोहबरमा सुटकेस खोलेर हेर्दा शव फेला परेको थियो।

रुबीको १३ वर्ष पहिले भारतको मुजफरपुरका शिवसागर सुडीसँग विवाह भएको थियो। घटनापछि रुबीका श्रीमान् पनि प्रहरीको सम्पर्कमा पुगेका छन्।

रुबी भने केही महिना पहिलेदेखि मात्रै आमासँग डेरा लिएर बस्दै आएकी थिइन्। भारतमा घरबाट विद्यालय टाढा भएकाले छोरा पढाउन उनी यता डेरामा बस्न थालेकी थिइन्।

ती शंकित व्यक्तिलाई भेट्नु पहिले उनी ब्युटिपार्लर गएको र छोरालाई जुस ल्याइदिन्छु भनेर फोन गरेको खुलेको प्रहरीको दाबी छ। रातिसम्म पनि घर नफर्किएपछि आमाले खोजी गर्दा उनको मोबाइलमा पहिले फोन उठेन। राति ९ बजेतिर भने स्वीच अफ भएको थियो।

त्यसको केही समयमै सुटकेस फेला परे पनि भोलिपल्ट बिहान मात्रै शव रहेको खुलेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]