२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

खातामा पैसा नभएको चेक काट्दै हुनुहुन्छ भने होशियार जुनसुकै बेला प्रहरीले पक्राउ गर्न सक्छ,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र ०९, २०८२

काठमाडौं । सरकारले ल्याएको पछिल्लो नियमअनुसार चेक बाउन्ससम्बन्धी उजुरी प्रहरीले हेर्ने भएसँगै, खातामा पैसा नभएको खाली चेक दिने व्यक्तिलाई प्रहरीले जुनसुकै समयमा पक्राउ गरी हिरासतमा राख्न सक्ने भएको छ । चेक अनादर (बाउन्स) सम्बन्धी कसुरमा सरकारले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ लाई संशोधन गरेर चेक बाउन्सको प्रक्रियादेखि सजायसम्मका प्रावधान हेरफेर गरेको छ ।

राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याइएको ऐनअनुसार अब चेक बाउन्ससम्बन्धी कसुर प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउनेछ । यसअघि सर्वसाधारणले चेक अनादरको मुद्दा सिधै अदालतमा दर्ता गर्न सक्ने विकल्प थियो । ‘बैंकिङ कसुर तथा सजाय ऐन’ संशोधनमार्फत ‘विनिमय अधिकार ऐन, २०३४’ को दफा १०७(क) खारेज गरिएको छ । हाल प्रहरीले अनुसन्धान गर्ने मुद्दाहरूको अग्रस्थानमा चेक बाउन्ससम्बन्धी मुद्दा नै रहेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!