२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पत्रकार महासंघले अनलाइन दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलनको घोषणा,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, भाद्र १०, २०८२

काठमाडौं । सोमबार बसेको नेपाल पत्रकार महासंघको डिजिटल मिडिया विभागको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम ठप्प पारेको भन्दै तत्काल सुचारु गर्न माग गरेको हो ।

महासंघका सचिव एवम विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार बैठकले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल सुचारु गर्न माग गर्दै यही भदौ ११ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । भदौ १३ गतेदेखि भने कालो व्यानर राखेर सूचना तथा प्रशारण विभागमा धर्ना दिने निर्णय गरेको छ ।

सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा संशोधनपछि गएको साउन २० गतेदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम रोकिएको छ । सरकारले सञ्चार माध्यम दर्ता ठप्प पारेर नागरिकको संवैधानिक हक हनन् गरेको महासंघको भनाइ छ ।

अनलाइन सञ्चारमाध्यम नवीकरण नहुँदा पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र समेत नवीकरण गर्न पाएका छैनन् । नवीकरण नभएकै कारण चाडपर्वको मुखमा विज्ञापनसम्बन्धी कारोबारमा समेत असहजता सिर्जना भएको छ ।

बैठकमा महासंघका अध्यक्ष निर्मला शर्माले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल सुचारू हुनुपर्ने माग गरिन् । उपाध्यक्ष उमिद बागचन्दले सरकारले एकपछि अर्को कानुन बनाएर नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा नियन्त्रण गर्ने प्रयास गरिरहेको बताए ।

महासचिव रामप्रसाद दाहालले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण रोकेर सरकारले असंवैधानिक कार्य गरेको बताए । सरकारको यस्तो हर्कतले नागरिकको संवैधानिक हक अवरुद्ध भएको उनको भनाइ छ । सरकारले तत्काल दर्ता र नवीकरणको काम सुचारु नगरे महासंघले आन्दोलन चर्काउने महासचिव दाहालले बताए ।

केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत छापाखाना सम्बन्धी ऐन संशोधन गरेर अनलाइन सञ्चार माध्यमम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने व्यवस्था गरेपछि सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यमम दर्ता तथा नवीकरणको कार्य रोकिसकेको छ ।

जिल्ला प्रशासन कार्यालयले पनि अनलाइन दर्ता सुरु गरिनसकेको र विभागले रोकेका कारण अनलाइन सञ्चारमाध्यमम दर्ता तथा नविकरणको कार्य रोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!