२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

अरनिको राजमार्गमा बोलेरो जीप भोटेकोसी नदीमा खसेर दुर्घटना हुँदा दुई बेपत्ता,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र १०, २०८२

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार तातोपानीबाट बाह्रविसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो दिउँसो साढे तीन बजेतिर भोटेकोसी गाउँपालिका–४ चाकुबाट नदी किनारमा खसेर दुर्घटना हुँदा त्यसमा सवार चालक र सहचालक बेपत्ता भएका हुन् ।

बरहथवा नगरपालिका–२, सर्लाहीका बोलेरो चालक २३ वर्षीय राजेशकुमार कुसहवा र बौधिमाई नगरपालिका–१, रौतहटका २५ वर्षीय सहचालक रामप्रवेश महतो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव खरेलले जानकारी दिए ।

बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । घटनापछि इलाका प्रहरी कार्यालय बाह्रविसे र झीर्पु चौकीबाट पुगेका सुरक्षाकर्मीले टुचिन लगाई दुर्घटनाग्रस्त बोलेरो तान्ने क्रममा एक शब बगाएको थियो । बोलेरोमा यी चालक र सहचालक मात्र रहेको जानकारी पाएको डिएसपी खरेलले बताए ।

बोलेरो सडकबाट २० मिटर तल नदीमा खसेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!