२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अरनिको राजमार्गमा बोलेरो जीप भोटेकोसी नदीमा खसेर दुर्घटना हुँदा दुई बेपत्ता,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र १०, २०८२

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार तातोपानीबाट बाह्रविसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो दिउँसो साढे तीन बजेतिर भोटेकोसी गाउँपालिका–४ चाकुबाट नदी किनारमा खसेर दुर्घटना हुँदा त्यसमा सवार चालक र सहचालक बेपत्ता भएका हुन् ।

बरहथवा नगरपालिका–२, सर्लाहीका बोलेरो चालक २३ वर्षीय राजेशकुमार कुसहवा र बौधिमाई नगरपालिका–१, रौतहटका २५ वर्षीय सहचालक रामप्रवेश महतो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव खरेलले जानकारी दिए ।

बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । घटनापछि इलाका प्रहरी कार्यालय बाह्रविसे र झीर्पु चौकीबाट पुगेका सुरक्षाकर्मीले टुचिन लगाई दुर्घटनाग्रस्त बोलेरो तान्ने क्रममा एक शब बगाएको थियो । बोलेरोमा यी चालक र सहचालक मात्र रहेको जानकारी पाएको डिएसपी खरेलले बताए ।

बोलेरो सडकबाट २० मिटर तल नदीमा खसेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]