१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

प्रहरी सहाय निरीक्षक कुलबहादुर बिकले भूकम्प पीडित बालिकाहरुलाई शैक्षिक सामग्री प्रदान,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र १०, २०८२

बाँके । विनाशकारी भूकम्पमा रुकुमको रिम्नाका खड्क बहादुर बी.के.को निधनपछि अनाथ बनेकी उनकी छोरी श्रीष्टी बी.के.लाई शैक्षिक सामग्री प्रदान गरिएको छ।

बर्दियाको तिलगाँवास्थित भगवती संस्कृत विद्यालयमा कक्षा ८ मा अध्ययनरत श्रीष्टीलाई समाजसेवी प्रसनी कुलबहादुर बी.के.ले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।

हाल बाँकेको बढैयाताल गाउँपालिका–३, पुष्पनगरमा आफ्नी आमासँग बस्दै आएकी श्रीष्टीलाई विद्यालय पोशाक, कापी, कलम, जुत्ता, झुल र झोला प्रदान गरिएको समाजसेवी बी.के.ले बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न तथा अभिभावक गुमाएका विद्यार्थीलाई निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तो सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै भने।

समाजसेवी प्रसनी बी.के. नेपाल प्रहरीमा सहायक प्रहरी निरीक्षक (असई) को रूपमा कार्यरत छन्। उनले यसअघि बाँकेको जमुनहा प्रहरी चौकी, बेतहनी प्रहरी चौकी, अस्थायी प्रहरी पोष्ट बसपार्क र नगरभवनमा उत्कृष्ट कार्यसम्पादन गरेको स्थानीयवासीले बताएका छन्। केही दिनअघि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पुरस्कृत समेत गरेको थियो।

विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले यो सहयोगले श्रीष्टीको शिक्षामा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। श्रीष्टीले पनि सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो पढाइमा थप प्रेरणा मिलेको बताइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!