२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

(आइजिपी) दिपक थापाले बाँके पुगेर अपराध नियन्त्रणमा कुनै सम्झाैता नगर्न निर्देशन दिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र १०, २०८२

बाँके । कर्णालीबाट काठमाडौँ फर्किने क्रममा बाँकेका प्रहरी अधिकृतलाई भेटेर आइजिपी थापाले उक्त निर्देशन दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तीमगरले जिल्लाको शान्ति सुरक्षासहित पछिल्लो अवस्थाका विषयमा ब्रिफिङ गरेका थिए।साथै अन्य मातहतका प्रहरी अधिकृतहरुबाट ब्रिफिङ लिँदै महानिरीक्षिक थापाले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न निर्देशन दिए।

स्थानीय शान्ति सुरक्षालगायतका विषयमा प्रहरी महानिरीक्षक थापाले चाडपर्व लक्षित शान्ति सुरक्षा मजबुत बनाउन निर्देशन दिएका हुन्।

नेपालगन्ज र आसपासको क्षेत्र संवेदशनशील भएकाले निष्पक्ष अनुसन्धान गर्न र फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन थप सक्रिय भएर लाग्न पनि उनले निर्देशन दिए।

 

महानिरीक्षक थापा कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण सकेर बाँके आइपुगेका थिए। महानिरीक्षक थापा मंगलबार नै काठमाडौँ फर्केका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!