२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

(आइजिपी) दिपक थापाले बाँके पुगेर अपराध नियन्त्रणमा कुनै सम्झाैता नगर्न निर्देशन दिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र १०, २०८२

बाँके । कर्णालीबाट काठमाडौँ फर्किने क्रममा बाँकेका प्रहरी अधिकृतलाई भेटेर आइजिपी थापाले उक्त निर्देशन दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी रामप्रसाद घर्तीमगरले जिल्लाको शान्ति सुरक्षासहित पछिल्लो अवस्थाका विषयमा ब्रिफिङ गरेका थिए।साथै अन्य मातहतका प्रहरी अधिकृतहरुबाट ब्रिफिङ लिँदै महानिरीक्षिक थापाले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न निर्देशन दिए।

स्थानीय शान्ति सुरक्षालगायतका विषयमा प्रहरी महानिरीक्षक थापाले चाडपर्व लक्षित शान्ति सुरक्षा मजबुत बनाउन निर्देशन दिएका हुन्।

नेपालगन्ज र आसपासको क्षेत्र संवेदशनशील भएकाले निष्पक्ष अनुसन्धान गर्न र फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन थप सक्रिय भएर लाग्न पनि उनले निर्देशन दिए।

 

महानिरीक्षक थापा कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण सकेर बाँके आइपुगेका थिए। महानिरीक्षक थापा मंगलबार नै काठमाडौँ फर्केका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]