२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

आईजिपी दिपक थापाको ६ महिना पदावधि थप्ने तयारी ३० वर्षे सेवाहद हटाउन मन्त्रिपरिष बैठक बस्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र ११, २०८२

काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक दिपक थापाको पदावधि थप्ने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गरेर ३० वर्षे सेवाहद हटाउन लागिएको हो ।

उच्च स्रोतका अनुसार ६ महिनाको म्याद थप्ने तयारीबारे छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली १४ गते चीन भ्रमणमा जाने भएकाले बिहीबारकै मन्त्रिपरिषद्को भ्रमणबाट यसबारे निर्णय गर्ने तयारी छ ।

प्रहरी महानिरीक्षक थापाले १८ भदौमा अवकाश पाउँदैछन् । प्रधानमन्त्री सोही दिन मात्र फर्कने भएकाले मन्त्रिपरिषद् बैठक बस्न समस्या हुनसक्ने भएकाले बिहीबार नै निर्णय गर्न लागिएको हो।

गत वर्ष १५ भदौमा अवकाश पाएका प्रहरीले दायर गरेको रिटमा सर्वोच्च अदालतले असार महिनाभित्रै प्रहरी ऐन संशोसन गर्न भनेको थियो । सोही परमादेशका आधारमा यसरी निर्णय गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

यसअघि सर्वोच्चले प्रहरीका वृत्तिविकाससम्बन्धि विषय ऐन संशोधनमार्फत मात्र हेरफेर गर्न भनेको थियो । संसदमा पुगेको प्रहरी विधेयकमा हरेका प्रावधान नै समेटेर निर्णय गर्न मिल्ने गरी छलफल भइरहेको छ ।

प्रहरी महानिरीक्षक थापाको सत्तागठबन्धनसँग राम्रो सम्बन्ध भएकाले पनि उनको पदावधि थप गर्न लागिएको हो । उनीपछि आईजीपीका दाबेदारका रुपमा हेरिएका चन्द्रकुबेर खापुङको राजनीतिक सम्बन्ध राम्रो छैन ।

त्यसपछिको ब्याचका अधिकृतलाई पनि शक्तिकेन्द्रहरुले विश्वास नगर्दा थापालाई नै अघि बढाउने सम्भावना बढेको हो ।

यससँगै अवकाशको मुखमा पुग्न लागेका एआईजी कृष्णहरी शर्मा पोखरेल, सुदीप गिरी र टेकबहादुर तामाङलाई समेत फाइदा हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।