२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपाली चलचित्रकी नायिका बेनिशा हमालको फोटो सुट्

Logo
Abc Sanchar प्रकाशित बुधबार, भाद्र ११, २०८२

काठमाडौं । नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका हुन्, बेनिशा हमाल । सन् २०११ मा ‘स्वर’ बाट फिल्मी दुनियाँमा प्रवेश गरेकी हमाल निरन्तर यसै क्षेत्रमा कार्यरत छिन् । उनको सुन्दरता र प्रतिभाकै कारण उनी रंगमञ्चमा टिकिरेहकी छन् ।उनले एक दर्जनभन्दा बढी चलचित्र र सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। सन् २०११ मा चलचित्र ‘स्वर’बाट सहायक भूमिका निर्वाह गरेकी उनले त्यसयता ‘कालो पोथी’, ‘ब्लाइन्ड रक्स’, ‘झ्यानाकुटी’, ‘घर’, ‘प्रेमगञ्ज’ लगायत फिल्ममा अभिनय गरिन्। उनको फिल्मी करिअर निकै उतारचढाव रहिरह्यो तर, उनले पेशा भने छाडिनन् । पछिल्लोसमय उनले हिट फिल्म ‘छक्का पन्जा ४’ दिइन् । उनले ‘हात्तीछाप’ र ‘उपहार’सहित एक हिन्दी फिल्ममा काम गरिन्।
गत वर्ष ‘एक्लो’ र ‘मोहर, ‘सिटामोल’ को छायांकन गरिसकेकी हमालले यतिबेला चलचित्र ‘कल्ली’मा काम गरिरहेकी छिन्। यस वर्ष उनका ४ फिल्म रिलिज हुने पक्का भएको छ । उनको करिअरमै पहिलोपटक ४ फिल्म एकैवर्ष आउन लागेका हुन् । २०८२ का लागि उनले पहिलो फिल्मको रुपमा ‘बिगुल’ सम्झौता गरेकी छन्। करिअरमा कति फिल्म फ्लप भए तर, उनको चर्चा भने कायमै रह्यो र फिल्मको खडेरी लागेन । यही दृष्टान्तबाट फिल्मी करिअर कसरी टिकाउनुपर्छ यो चाँही हमालबाट सिके हुन्छ भन्दा फरक पर्दैन ।

नायिका हमाल सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय देखिन्छिन् । उनका आकर्षक र रहरलाग्दा तस्विरहरूले फ्यानहरूलाई मोहित बनाएको छ भने उनको पछिल्लो गतिविधिहरूले उनको करिअरमा नयाँ आयाम थप्ने संकेत दिएको छ। विभिन्न रमणीय स्थानहरूमा खिचिएका उनका सुन्दर तस्विरहरूलाई फ्यानहरूले खुलेर प्रशंसा गरेका छन्। कमेन्ट बक्समा उनको सुन्दरता र आकर्षणको तारिफ गर्नेहरूको ओइरो लाग्ने गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।