२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

मोटरसाइकल चालकले हेल्मेट नलगाएको पाइए इन्धन नदिनक सरकारको निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र ११, २०८२

काठमाडौं । बागमती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बुधबार मातहतका निकायलाई निर्देशन दिँदै बानियाँले इन्धन लिन आएका सवारीका चालकले हेल्मेट नलगाएको अवस्थामा इन्धन नदिन निर्देशन दिएका हुन् ।

बागमतीमा बढ्दो सवारी र दुर्घटनालाई न्यूनीकरण गर्न हेल्मेटको प्रयोग अनिवार्य गर्नुपर्ने मातहतका निकायको राय, सुझावपछि बानियाँले ‘नो हेल्मेट, नो फ्युल’को नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् ।

दुई पाङ्ग्रे सवारीका चालकले हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्ने कानुनी व्यवस्थालाई कडाइका साथ पालना गर्ने/गराउने र हेल्मेट नलगाई इन्धन लिन आएमा त्यस्तो सवारीलाई इन्धन नदिने अर्थात् इन्धनका लागि हेल्मेट अनिवार्य अभियान कार्यान्वयन गर्न मुख्यमन्त्री बानियाँले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

अभियान कार्यान्वयनका लागि नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन बागमती प्रदेशमा पत्राचार गर्ने, इन्धनका लागि हेल्मेट अनिवार्य अभियानको निगरानी गर्न/गराउन जिल्ला प्रशासन कार्यालयहरू र सुरक्षा निकायहरूमा पत्राचार गर्न निर्देशन दिइएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन प्रदेशले सम्बन्धित निकायहरूसँग समन्वय गरी पेट्रोल पम्पहरूमा इन्धनका लागि हेल्मेट अनिवार्यको सन्देशमूलक बोर्ड (निश्चित आकार र त्यसभित्र रहने विषय र बोर्ड राख्ने स्थान यकिन निर्णय गरी) राख्ने व्यवस्था मिलाइने भएको छ ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनले प्रदेश भित्रको सवारी दुर्घटनाको अवस्था र कारणहरू बारेमा प्रस्तुतीकरण राखेको थियो । मुख्यमन्त्री बानियाँले सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित सबै निकायहरूलाई परिचालित भई प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए ।

उनले सवारी चालकको मादक पदार्थ र लागू पदार्थ सेवनको परीक्षणलाई नियमित र प्रभावकारी बनाउन पनि सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, प्रदेशका प्रमुख सचिव भुपाल बराल, श्रम रोजगार तथा यातायात मन्त्रालयकासचिव वीरेन्द्रकुमार भारती, बागमती प्रदेश प्रहरी प्रमुख डीआइजी अरुण पौडेल, बागमतीकव्# प्रदेश सशस्त्र प्रहरी प्रमुख डीआइजी अञ्जनीकुमार पोखरेल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, पेट्रोलियम डिलर्स एसोसिएन बागमती प्रदेश अध्यक्ष सुदर्शन कार्की, बागमती प्रदेश ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायत सहभागी थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।