१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

हैजाको प्रकोपका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७५ पुगियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र १२, २०८२

काठमाडौं । स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकारीहरूले सोमबार सार्वजनिक गरेको तथ्याङ्कभन्दा थप १२ जनाको मृत्यु भएको छ । ओउडाई प्रान्तमा ९०० भन्दा बढी शङ्कास्पद सङ्क्रमितहरू भेटिएका मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री अब्देलमादजिद अब्देराहिमले बुधवार प्रभावित प्रान्तमा सेप्टेम्बरको सुरुमा एक साता लामो खोप अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अब्देराहिमले भने, “सरकारले यस रोगको फैलावट रोक्नका लागि पानी, सरसफाइ र स्वच्छताका उपायहरूलाई थप कडाइका साथ लागु गरेको छ ।”

जुलाई १३ मा ओउडाई प्रान्तको डोगुइ शरणार्थी शिविरमा पहिलो हैजाको घटना फेला परेपछि करिब २० हजार सुडानी शरणार्थी रहेको शिविरमा हैजासँग सम्बन्धित चार जनाको मृत्यु भएको थियो ।

गत जुन महिनामा विश्व स्वास्थ्य सङ्गठनले सुडानमा हैजाका बिरामी बढ्न सक्ने र चाडलगायत छिमेकी देशहरूमा फैलन सक्ने चेतावनी दिएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!