२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

विपद उद्दार सामाग्री संकलन अभियान अन्तर्गत “Portable Oxygen Cylinder हस्तान्तरण

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र १२, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालयको सभाहलमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई Elite Exped संस्थाको तर्फबाट ३ थान Portable Oxygen Cylinder हस्तान्तरण गरिएको छ ।
विपद प्रतिकार्यको समयमा भुमिगत इनार, बन्द कोठा वा सुरुङहरुमा फसेकाहरुलाई उद्दार गर्न उद्दारकर्ता नेपाल प्रहरीलाई Portable Oxygen Cylinder अति नै आवश्यक रहेको हुँदा सोही विषयलाई मध्यनजर गरी Elite Exped संस्थाको सहयोगमा Portable Oxygen Cylinder हस्तान्तरण गरिएको हो । सोही अबसरमा Elite Exped संस्थाबाट प्राप्त ३ थान Portable Oxygen Cylinder नगर प्रहरी कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी परिसर भक्तपुरलाई हस्तान्तरण गरिएको थियो ।


विपद प्रतिकार्य सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले विपद प्रतिकार्यको समयमा भुमिगत इनार वा सुरुङहरुमा फसेकाहरुलाई उद्दार गर्दा नेपाल प्रहरीका कर्मचारीहरु जोखिम मोलेर उद्दार गर्ने गरेकोमा अबको समयमा Portable Oxygen Cylinder को सहयोगले उद्दार गर्दा प्रहरी कर्मचारीहरु अझ सुरक्षित हुने हुँदा थप हौसला प्रदान हुने विश्वास व्यक्त गर्नु भयो । साथै विगतको समयमा काठमाडौं उपत्यकामा हुने प्राकृतिक विपत्तिलाई न्यूनिकरण गर्न साधन श्रोतको कमीलाई महशुस गरि विपद उद्वार सामाग्री संकलन अभियान संचालन गरी हाल सम्म ९८५ वटा लाईफ ज्याकेट र ७ वटा रबर बोट प्राप्त गरिसकेको जानकारी दिदै काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सहयोग पुर्‍याउने Elite Exped संस्थालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धन्यबाद व्यक्त गर्दै प्राप्त Portable Oxygen Cylinder को सुरक्षित भण्डारण तथा अत्याधिक उपभोगिताको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा Elite Exped का Marketing Director गोविन्द बडुवालले मन्तव्य व्यक्त गर्दै विपद्को समयमा अग्र पङ्कतिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । साथै Elite Exped ले आगामी दिनहरुमा पनि समन्वय,सहकार्य र सहयोगका लागी सधै तयार रहेको बताउनु भयो ।
Portable Oxygen Cylinder को कुशल उपयोगिताको सम्बन्धमा अभ्यास समेत गरिएको सो कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, Elite Exped का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!