२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

शुक्रबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, भाद्र १३, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वस्तु विद्
9848060799

मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापार व्यवसायमा नाफा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। आज घुमफिरको योग परेको छ।

वृष : दिन राम्रो छ। मन प्रशन्न रहनेछ। विपक्षीमाथि विजयी प्राप्त हुनेछ। पराक्रम बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुन : दिन सामान्य छ। मन अशान्त बन्नेछ। शत्रु बढ्नेछन्। परिवारको सल्लाह लिएर अघि बढ्नु फलदायी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट : दिन सामान्य छ। व्यापार व्यवसायमा घाटा हुने जोखिम छ। मनमा चिन्ता थपिनेछ। थोरै बोल्नु उपयुक्त हुनेछ। काम गर्दा तीन पटक सोचेर निर्णय गर्नु उचित हुन्छ।

सिंह : दिन राम्रो छ। आज नयाँनयाँ लुगा लगाउने अवसर प्राप्त हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। शत्रुमाथि विजयी प्राप्त हुने योग रहेको छ। परिवारको साथमा रमाइलो गर्ने योग छ।

कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। आजको दिन कार्यक्षेत्रमा बढुवा हुने सम्भावना छ। शिक्षाको क्षेत्रमा भने आलश्य बढ्नेछ।

तुला : मन प्रशन्न रहनेछ। बौद्धिक व्यक्तित्वसँगको भेटले नयाँ योजना बन्नेछन्। नयाँनयाँ ठाउँ घुम्ने अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृश्चिक : दिन सामान्य छ। अनावश्यक झगडा हुनेछ। स्वास्थ्यमा गडबढी हुने जोखिम छ। अनावश्यक यात्रामा पैसा र समय खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सामान्य सुधार हुनेछ।

धनु : दिन राम्रो छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। मिष्ठान्न भोजन हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। तपाईंलाई साथ दिनेको सङ्ख्या बढ्नेछ। मिहिनेतले सफलता प्राप्त होला।

मकर : दिन राम्रो छ। आम्दानी बढ्ने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। आज तपाईंको प्रशंसा गर्ने बढ्नेछन्। सामाजिक कामले सम्मान मिल्नेछ। प्रेम सम्बन्धमा सुधार बन्नेछ।

कुम्भ : दिन सामान्य छ। साना कुराले धेरै रिस उठ्नेछ। झुठा आरोप लाग्न सक्छन्। धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्नेछ। मिहिनेतको फल प्राप्त होला।

मीन : काममा बाधा हुनेछ। पश्चिमको एकल यात्रामा नजानु उपयुक्त हुन्छ। प्रेम सम्बन्धमा अवरोध आइपर्ने जोखिम छ। परिवारबाट असहयोग हुनेछ। व्यवहार गर्दा सोचेर अगाडि बढ्नु उचित हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।