२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गढवाकाे कुलपानीमा डिभिजन वन कार्यालय देउखुरीका प्रमुख जिबन पंगेनीलाई स्वागत

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, भाद्र १३, २०८२

दाङ । लमही डिभिजन वन कार्यालय लमही, देउखुरीमा प्रमुखकाे भूमिकामा हालै सरूवा भएर आएका जीवन पंगेनीलाई देउखुरीकाे गढवामा स्वागत गरिएकाे छ । डिभिजन वन कार्यालय पश्चिम नबलपरासीबाट हालै सरूवा भएर देउखुरी आएका सिनियर डिभिजन प्रमुख पंगेनीलाई बिहीबार अपरान्ह एक कार्यक्रम समारोहमा स्वागत गरिएकाे हाे ।

लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले हालै वन अधिकृतहरूकाे सरूवा गरेकाे थियाे । साेही अनुसार डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजन प्रमुख महेन्द्रराज वाग्लेलाई कपिलबस्तु जिल्लाको चन्द्रौटा सरूवा गरिएपछि खाली रहेको त्यस ठाउँमा पश्चिम नवलपरासीका सिनियर डिभिजन प्रमुख पंगेनी देउखुरी आएका हुन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय वन महासंघ गढवा, गाेबरडिहा काष्ठ तथा फर्निचर उद्योग बड्हरा र कुलपानी सामुदायिक वन उपभोक्ता समूह बड्हराकाे आयाेजनामा देउखुरीकाे गढवा गाउँपालिका-१, बड्हरामा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।

स्थानीय महासंघ गढवा, उद्योग र वन समूहका अध्यक्ष समेत रहेका नबराज शर्माकाे अध्यक्षता एवम् भरखरै सरूवा भएर आएका डिभिजन वन कार्यालय देउखुरी लमहीकाे प्रमुख जीवन पंगेनीकाे प्रमुख आतिथ्यता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ दाङका अध्यक्ष हरिप्रसाद भूसालकाे विशिष्ट आतिथ्यता स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे हाे ।

महासंघका अध्यक्ष नबराज शर्माकाे अध्यक्षता एवम् डिभिजन वन कार्यालय देउखुरी लमही दाङका प्रमुख जीवन पंगेनीकाे प्रमुख आतिथ्यता तथा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालकाे विशिष्ट आतिथ्यतामा भएकाे कार्यक्रममा नबआगन्तुक पंगेनीलाई फूलको माला र खादा लगाई स्वागत गरिएकाे थियाे । साे अवसरमा बाेल्दै नब आगन्तुक डिभिजन प्रमुख पंङ्गेनीले आफू सामुदायिक वन समूहकाे विकासका लागि प्रतिबद्ध रहेकाे बताएका छन् । पंगेनीलेआफू देउखुरी बस्दा सामुदायिक वन समूहका उपभोक्ता र सराेकारवालाहरूसंग सहकार्य गर्दै अघि बढ्ने आफ्नो प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

सोही स्वागत कार्यक्रमका विशिष्ट अतिथी एवम् महासंघका दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनका सवालमा डिभिजन प्रमुख गम्भीर बन्न आग्रह गरेका छन् । भुसालले सामुदायिक वनमा दिगाे वन व्यवस्थापनकाे कार्यक्रमलाई प्रभावकारी बनाउँदै वन समूहलाई आय आर्जनसंग जाेड्नुपर्नेमा जाेड दिए । महासंघका दाङ जिल्ला प्रबक्ता तिर्थराज ज्ञवालीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा डिभिजन वन कार्यालय देउखुरीका बरिष्ठ वन अधिकृत उपेन्द्र अर्याल, सव डिभिजन वन कार्यालय कालाकाटेका प्रमुख अनन्त डाँगी र वन महासंघ लुम्बिनीका प्रेस संयाेजक सन्ताेषकुमार गुप्ता लगायतका वक्ताले बाेलेका थिए ।

साथै कार्यक्रममा सहभागीहरूले सामुदायिक वन समूहकाे हितमा बिना झन्झट छिटाे छरिताे कार्य सम्पादन गर्न सुझाव पनि दिएका छन् । कार्यक्रमकाे सञ्चालन गाेबरडिहा काष्ठ तथा फनिचर उद्योगका सचिव चित्र महताराले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]