२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल ७ दिन भित्र दर्ता नभए बन्द गरिने

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, भाद्र १३, २०८२

काठमाडौं । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा आह्वान गरिसकेको भन्दै सरकारले तोकेको समयमा दर्ता नभए सामाजिक सञ्जाल बन्द गरिने बताएका हुन्।

उनले यसअघि पटक-पटक दर्ताका लागि मौका दिए पनि केही सामाजिक सञ्जाल अझै नेपालमा दर्ता नभएकाले अब अन्तिम पटकका लागि दर्ता गर्न आह्वान गरिएको बताएका हुन्।

भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!