१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

बर्दीमै भिडियो बनाई जागिरप्रति असन्तुष्टि पोख्ने प्रहरी जवान भुगाईलाई बाँके प्रहरीले कारबाही गर्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, भाद्र १४, २०८२

बाँके । बर्दीमै आफ्नो जागिरप्रति असन्तुष्टि पोख्दै सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि नेपाल प्रहरीका एक जवान माधवप्रसाद भुगाईमाथि ​कारबाही हुने भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत भुगाईले टिकटकमा ३७ सेकेन्डको भिडिओ बनाई सरुवा-बढुवालाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।

भिडिओ भाइरल भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आएका छन् । केहीले उनको अभिव्यक्तिको प्रशंसा गरेका छन् भने केहीले मादक पदार्थ सेवन गरी भिडिओ बनाएको आरोप लगाएका छन् । यस्तै, केहीले भिडिओमा भनिएको नाम र बर्दीमा उल्लेख भएको नाम फरक परेको भन्दै बर्दीको दुरुपयोग भएको आशंका गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले यस विषयमा आन्तरिक अनुसन्धान सुरु गरेको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिएसपी दीपक पातलीका अनुसार भुगाईमाथि प्रहरी नियमावली अनुसार आवश्यक कारबाही गरिनेछ ।

पातलीले “उनले गुनासो गर्नुपर्ने कुनै उपयुक्त आधार छैन । उनी हालै मात्र सरुवा भएर यहाँ आएका हुन् र उनको बढुवा हुने समय पनि भएको छैन ।”

भुगाईले भिडिओमा प्रहरी सेवामा ‘पावर’ हुनेलाई मात्र बढुवा र सरुवाको अवसर मिल्ने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले भिडिओमा “मेरो जागिर खाने भए खाऊ । तर यदि पावर हुनेले जागिर खाने हो भने पावर हुनेलाई नै जागिर खुवाऊ । हामीजस्तो गरिब दु:खीको जागिर हुन्न भने जागिर खानु छैन मलाई,” भनेका छन् ।

भुगाईमाथि कस्तो कारबाही हुनेछ भन्नेबारे खुलाइएको छैन तेचपाना ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!