२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

आमाले आफ्नो छोरालाई सिकाउनु पर्ने १३ वट महत्त्वपूर्ण कुराहरु…

Logo
ABC-Sanchar प्रकाशित शनिबार, भाद्र १४, २०८२

 

काठमाडौं । १• भान्सा कोठा छोरी मान्छेहरुको लागि मात्रै होईन। छोरा मान्छेले पनि भान्सामा गएर चुलो बालेर खाना वा नास्ता बनाउन सिक्नुपर्छ। घरका आमा दिदीबहिनीले नभ्याउँदा आफै भान्सामा गएर खाना बानाउँन सक्नुपर्छ।

२• छोरी मान्छेलाई इज्जत गर्न सिक्नु पर्छ किनकि उनीहरु पनि छोरा मान्छे बराबर हुन। उनिहरुले भनेका बोलेका कुराहरु ध्यान दिएर सुन्ने र बुझ्ने गर्नुपर्छ।

३• सरसफाइ नै सज्जनको पहिचान हो। नियमित नुहाउने गर्नुहोस्, हात खुट्टाका लामा भएका नङहरु काट्ने सफा गर्ने गर्नुहोस् र आफुलाई सधैं सफा राख्ने प्रयास गर्नुहोस्।

४• अरुलाई असहज बनाउने हास्यास्पद कुराले कहिल्यै बास्तविक रमाइलो हुँदैन। यसो गर्नुबाट जोगिने गर्नुहोस।

५• कसैलाई फोनमा छोड्छु, वा ब्लक गर्छु भन्ने शब्द भन्दा भद्र कुरा अरु हुनै सक्दैन।

६• आधारभूत उपकरण वा घर मर्मत सम्बन्धित सिक्नुहोस। छोरा मान्छेको जिबनमा यिनिहरुको अत्यन्तै आवश्यक हुन्छ।

७• जब तपाईंले छोरी मान्छेलाई “के भयो?” भनेर सोध्नुहुन्छ। अनि उनले “केही भाको छैन” भन्ने उत्तर दिन्छिन भने उनलाई “केही भएकै छ ” भनेर बुझ्ने गर्नुहोस्।

८• एउटी घर रेखदेख गर्ने आमा, दिदीबहिनी, वा भाउजूको काम तपाईंको जस्तै गाह्रो हुन्छ। तपाईंले अफिसमा ८ घन्टा काम गर्दा हुन्छ भने, घरमा बस्ने महिलाले बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म दिनदिनै काम गर्नुपर्छ, घरमा बसे पनि उनिहरुको काम अफिसमा काम गर्नेको भन्दा सजिलो हुँदैन।

९• घरमा खाना खाने टेवल कुर्सी मिलाउन सिक्नुहोस, बिहान उठ्ने बित्तिकै ओछ्यान मिलाउन सिक्नुहोस जीवनमा काम लाग्ने छ।

१०• साथीहरूले कहिलेकाही नराम्रो बाटोमा जानको लागि उक्साउँछन- हुँदैन वा यस्तो काम गर्दिन भन्न सिक्नुहोस। यही कुराले तपाइँलाई मजबुत बनाउँछ।

११• आफ्नो समस्या समाधान गर्न कुनै रिस वा जिद्दी गर्नु हुँदैन- सधैं शान्त भएर बोल्नुहोस।

१२• आफुलाई जोगाउने तरिका सिक्नुहोस। आफू होसियार हुनु जिन्दगीको हिस्सा हो।

१३• कसैलाई पनि गिराएर कुनै सब्द प्रयोग नगर्नुहोस्। यसले तपाईंको ज्ञानको कमि देखाउँछ।

एउटा छोरालाई मान्छे बनाउन स्कुल-कलेजको ज्ञानले मात्रै पुग्दैन। आमाले सिकाएको मान सम्मान र आदरले मात्रै उसलाई वास्तविक शिक्षा शिक्षित र बास्तविक मान्छे बनाउँछ। साभार- सन्तोष कार्की मौसुफ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]