२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेशनल लाइफ इन्स्योरेन्स कपिलवस्तु चन्द्रौटाको अभिकर्ता तालिम तथा सम्मान सम्पन्न

Logo
बिदुर एमसी प्रकाशित आइतबार, भाद्र १५, २०८२

कपिलवस्तु । देशकै पहिलो तथा नेपाल सरकारकाे राष्ट्रिय वाणिज्य बैंकको लगानी रहेको जीवन बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हो । त्यसै मातहतको कपिलवस्तु जिल्लामा नेशनल लाइफ इन्स्योरेन्स शाखा चन्द्रौटाले शनिबार दिउँसो आफ्नै कार्यालयमा शाखाका अभिकर्ताहरुलाई तालिम दिएको छ ।

मानिसका जीवनमा जीवित हुँदा होस्, वा बिमा गर्ने व्यक्तिको मृत्यु पश्चात बिमा गरिएको रकमबाट परिवारलाई ठूलो राहत हुने हुँदा बिमा हामी सबैका लागि अत्यन्तै आवश्यक रहेको बताइएको छ । तालिममा सहभागीहरुलाई शाखा प्रमुख हरि ज्ञवालीले नेशनल लाइफ बिमा योजना, सीप विकासका विविध विषयहरुमा प्रशिक्षण दिएका थिए ।

झण्डै चार दर्जनकाे संख्यामा उपस्थित अभिकर्ता तालिमपश्चात् शाखा अन्तर्गत उत्कृष्ट कार्य गरेका अभिकर्ताहरुलाई सम्मानपत्र र खादा लगाएर सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]