२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतको प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र १५, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।


संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापा र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ बीच गत भदौ ८ गते बार्षिक कार्यसम्पादन सम्झौता भए अनुसार काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आईतवार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८२/०८३ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय र यस कार्यालय मातहत कार्यालयहरूबीच भएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन सम्झौता कार्यान्वयन र कार्य विवरणको विश्लेषण गर्दा कार्य प्रगतिको अवस्था सन्तोषजनक रहेको बताउनुहुदै काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुख टेक बहादुर तामाङले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू प्रभावकारीरुपमा पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभयो । प्रहरी सेवालाई चुस्त दुरूस्त एवम् प्रभावकारी बनाउन यो कार्यसम्पादन सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुदै उहाँले आर्थिक वर्ष २०८२/०८३ को कार्य सम्पादन सम्झौता पत्रमा नवप्रवर्तन र सिर्जनात्मक कार्यहरू लगायत समसामयिक विषयहरू समेत समावेश गरिएकाले सुरक्षित काठमाडौ उपत्यका (Safer Kathmandu Valley) अभियानमा सबै मातहत कार्यालयहतरूको ऐक्यवद्दता रहने विश्वास व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]