२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीको सूचना निरन्तर वर्षापछि बाढी र पहिरोका कारण ११ राजमार्ग सडक पूर्ण रूपमा अवरुद्ध,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र १६, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ८ बजे दिएको जानकारी अनुसार मुख्य राजमार्गको ११ स्थानमा पूर्ण अवरुद्ध हुँदा ९ ठाउँमा सडक एकतर्फी सञ्चालन भइरहेका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन् ।

प्रहरीका अनुसार आज बिहानसम्म संखुवासभाको कोसी राजमार्ग, रसुवाको नेपाल–चीन जोड्ने पुल र पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रोल्पाको घोराही–रुकुम सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट–डोल्पा–भेरी सडक, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको मोर्क–चंखिला सडक, रुकुम पश्चिमको मध्यपहाडी राजमार्ग र जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध छन्।

यस्तै, काठमाडौंको धार्चे सडक, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको गल्छि–त्रिवेणी–मैिलुङ–स्याफ्रु सडक, बागलुङ र नवलपरासी पूर्वका कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकमा भने एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

प्रहरीले अवरुद्ध मार्गमा पहिरो पन्छाएर गाडी चलाउने प्रयास भइरहेको बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]