काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ८ बजे दिएको जानकारी अनुसार मुख्य राजमार्गको ११ स्थानमा पूर्ण अवरुद्ध हुँदा ९ ठाउँमा सडक एकतर्फी सञ्चालन भइरहेका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन् ।
प्रहरीका अनुसार आज बिहानसम्म संखुवासभाको कोसी राजमार्ग, रसुवाको नेपाल–चीन जोड्ने पुल र पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रोल्पाको घोराही–रुकुम सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट–डोल्पा–भेरी सडक, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको मोर्क–चंखिला सडक, रुकुम पश्चिमको मध्यपहाडी राजमार्ग र जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध छन्।
यस्तै, काठमाडौंको धार्चे सडक, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको गल्छि–त्रिवेणी–मैिलुङ–स्याफ्रु सडक, बागलुङ र नवलपरासी पूर्वका कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकमा भने एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
प्रहरीले अवरुद्ध मार्गमा पहिरो पन्छाएर गाडी चलाउने प्रयास भइरहेको बताएको छ।