२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सशस्त्र प्रहरी बल बाराले करिब १५ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद

Logo
श्रवण सराफ प्रकाशित सोमबार, भाद्र १६, २०८२

बारा । सशस्त्र प्रहरी बल बाराका एसपी खुमबहादुर केसीको नेतृत्वमा सञ्चालित अभियानअन्तर्गत करिब १५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ।

मिति २०८२ भदौ १६ गते बिहान १:०५ बजे बारा जिल्लाको फेटा गाउँपालिका–४ त्रिवेणी गाउँस्थित बाँसको झ्याङमा लुकाइ–छिपाइ राखिएको अवस्थामा २ थान मोटरसाइकलसहित विभिन्न कपडा फेला पारिएको हो। बरामद गरिएका सामानमध्ये ९५० मिटर कपडा र १,३८० मिटर सुरूवाल–कुर्ता रहेको बताइएको छ।

उक्त सामानको अनुमानित मूल्य करिब रु. १५ लाख १५ हजार ८१० रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गण हे.क्वा. बाराबाट खटिएको मोबाइल टोलीले सो समान बरामद गरेको जानकारी दिएको छ। बरामद गरिएको सम्पूर्ण सामान आवश्यक प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको एसपी केसीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।