२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सशस्त्र प्रहरी बल बाराले करिब १५ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद

Logo
श्रवण सराफ प्रकाशित सोमबार, भाद्र १६, २०८२

बारा । सशस्त्र प्रहरी बल बाराका एसपी खुमबहादुर केसीको नेतृत्वमा सञ्चालित अभियानअन्तर्गत करिब १५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ।

मिति २०८२ भदौ १६ गते बिहान १:०५ बजे बारा जिल्लाको फेटा गाउँपालिका–४ त्रिवेणी गाउँस्थित बाँसको झ्याङमा लुकाइ–छिपाइ राखिएको अवस्थामा २ थान मोटरसाइकलसहित विभिन्न कपडा फेला पारिएको हो। बरामद गरिएका सामानमध्ये ९५० मिटर कपडा र १,३८० मिटर सुरूवाल–कुर्ता रहेको बताइएको छ।

उक्त सामानको अनुमानित मूल्य करिब रु. १५ लाख १५ हजार ८१० रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं.१२ गण हे.क्वा. बाराबाट खटिएको मोबाइल टोलीले सो समान बरामद गरेको जानकारी दिएको छ। बरामद गरिएको सम्पूर्ण सामान आवश्यक प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको एसपी केसीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

error: Content is protected !!