१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

प्रेस लेखिएका सवारी साधन अबदेखि लेख्न नपाईने नेपाल पत्रकार महासंघ रौतहटको निर्णय,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, भाद्र १६, २०८२

काठमाडौं । नेपाल पत्रकार महासंघ रौतहट शाखाले सोमबार बसेको शाखा समितिको बैठकले सवारी साधनमा ‘प्रेस’ लेख्न नपाइने र सम्बन्धित मिडिया हाउसको नाममा खरिद भएका सवारी साधनमा मात्र सो मिडियाको नाम उल्लेख गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको हो ।

महासंघले आपतकालीन अवस्था, कर्‍फ्यू वा सवारी आवागमनमा प्रतिबन्ध भएको विशेष अवस्थामा मात्र पत्रकार तथा संचारकर्मीले ‘प्रेस’ लेखिएको सवारी प्रयोग गर्न सकिने जनाएको छ । अन्य सामान्य अवस्थामा भने यस्तो प्रयोग नगर्न सबै संचारकर्मीलाई आग्रह गरिएको छ ।

‘प्रेस’ लेखिएका सवारी साधनको नाममा व्यापक दुरुपयोग भएको गुनासो बढिरहेका कारण यसबारे गम्भीर निर्णय लिनुपरेको महासंघका सचिब गौतम श्रेष्ठले बताएका छन् ।

यसका लागि जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी तत्काल छानबिन तथा चेकजाँच कडाइ गर्ने कार्य अघि बढाइने निर्णय समेत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

error: Content is protected !!