१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

घोराही उपमहानगरपालिकाले गुणस्तर नभएको दुध बेच्ने ९ वटा डेरी पसलहरुलाई ५ हजारको जरिवाना,

Logo
ABC (भन्डाफोर) प्रकाशित मंगलबार, भाद्र १७, २०८२

दाङ । घोराही उपमहानगरपालिकाले गुणस्तर नभएको दुध विक्रि गर्ने ९ वटा डेरी पसललाई ५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको वजार व्यवस्थापन समितिको सोमबार बसेको बैठकले घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेका ९ वटा डेरीहरुले बिक्री वितरण गरेको दुधमा नेपाल सरकारले तोकेको दुधको गुणस्तर तथा मापदण्ड बमोजिमको गुणस्तर नभएको पाईएकाले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन,२०७८ को दफा २९ ९ ग बमोजिमको कसुर गरेको देखिएकाले एक पटकका लागि ति डेरी व्यवसायहरुलाई दफा ३० को उपदफा १९क अनुसार जनही रु ५,००० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

घोराही उपमहानगरपालिका स्थानिय वजार व्यवस्थापन तथा अनुगमन ऐन,२०७८ बमोजिम गठित संयुक्त वजार अनुगमन टोलीद्वारा मिति २०८२ भदौ ५ र ६ गते डेरी व्यवसाय लक्षित घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ का १६ वटा पसलबाट लिईएका १८ वटा दुधको नमुना परिक्षण गरिएको थियो ।

परिक्षण पछि प्राप्त भएको नतिजा प्रतिवेदन उपर राय परामर्श गर्दा यस बजार व्यवस्थापन समितिका सबै सदस्यहरुको सल्लाह वमोजिम जनही ५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय भएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनारले जानकारी दिनुभएको छ । बैठकले बजार अनुगमन कार्यलाई तिब्रताका साथ अगाडी बढाउने निर्णय समेत गरेको छ । साथै विभिन्न मितिमा बजार अनुगमन गर्दा भेटिएका म्याद गुज्रेका खाद्य तथा अखाद्य बस्तुहरुलाई स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७८ को दफा २० उपदफा २ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी नष्ट गर्ने निर्णय समेत गरेको छ ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले पार्किङ्ग व्यवस्थापनलाई थप चुस्त बनाउने, नियमित अनुगमन गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडीको पार्किङ्गलाई व्यवस्थित गर्न नो पार्किङ्ग बोर्ड तिन थान, गति सिमित लेखिएको बोर्ड २ थान र अस्पताल क्षेत्रमा नो हर्न लेखिएको बोर्ड २ थान बनाई उपयुक्त ठाँउमा राख्ने र बजारमा हाल अब्यबस्थित देखिएका पार्किङ्ग स्थलहरुलाई जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, र नगरको संयुक्त प्रयासबाट व्यवस्थित गरी पार्किङ्ग व्यवस्थापनको कार्यलाई तिब्रताका साथ अगाडी बढाउने निर्णय भएको छ ।

बैठकमा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्याल सहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ, डेरी व्यवसायीका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!