१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

प्रहरीले पोशाकमा भिडियो वा फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेमाथि कारबाही हुने

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र १८, २०८२

काठमाडौं । नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई कार्यालयमा र कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोग गर्दा मर्यादित व्यवहार अपनाउन आग्रह गर्दै आएको सन्दर्भमा नयाँ कार्यादेश लागू गरेको छ।

प्रहरी महानिरीक्षक दीपक थापाले स्वीकृत गरेको साइबर तथा सूचनासम्बन्धी कार्यादेश २०८२ र सूचना प्रविधि प्रणालीको व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यादेश २०८२ देखि लागू हुने भएका छन्।

यसका अनुसार अब कार्यालयभित्र र कार्यालय समयमा पोशाकमा भिडियो वा फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने कर्मचारीमाथि कडा कारबाही हुने छ। हेडक्वार्टरको प्रशासन शाखाले सबै इकाइलाई पठाएको सूचना अनुसार कार्यादेशहरू प्रहरीको इन्ट्रानेट पोर्टल र इ-लाइब्रेरीमा राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

error: Content is protected !!