१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

नेपाल प्रहरीको ३० बर्ष पुरा गरि सेवा निवृत्त हुनु भएका एआईजी टेक बहादुर तामाङको भब्य विदाइ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र १९, २०८२

काठमाडौं । ३० वर्ष सेवा अवधि पूरा गरी मिति २०८२ साल भदौ १९ गते देखि सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित विशेष समारोह बीच विदाइ गरिएको छ ।

विदाइ समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यावसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने आफू मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति धन्यवाद साथै कृतज्ञता व्यक्त गर्नुभयो । सेवा अवधिभर आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिन र संगठनको हक हितका लागि केन्द्रित भई काम गरेको उल्लेख गर्दै आफ्नो व्यावसायिक जीवनका दौरान हरेक समयको सही सदुपयोग गरेको साथै मातहत प्रहरी कर्मचारीहरुलाई समेत समयको हरेक पलको महत्वलाई बुझी त्यसको सही सदुपयोगको लागि निर्देशन समेत दिनु भयो । प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले आगामी दिनहरुमा समेत संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक सेवा निवृत्त प्रहरी कर्मचारीले समेत नेपाल प्रहरी संगठनलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक ओम बहादुर रानाले सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ सेवा अवधि भर कुशल प्रशासक तथा सक्षम नेतृत्वकर्ता भएको जिकिर गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको रुपमा जिम्मेवारी वहन गर्दा प्राप्त उपलब्धिका सम्बन्धमा जानकारी दिनु भयो साथै आगामी दिनहरुमा समेत संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई अझै प्रभावकारी तथा नागरिक मैत्री बनाउनका लागि पछि सम्म पनि उहाँबाट सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा प्रहरी नायब महानिरीक्षक राना तथा मातहत कार्यालयका कार्यालय प्रमुखहरुले समेत सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई खादा, माला तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । विदाइ समारोह अगाडी प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले यस कार्यालयको कार्यालय भवनमा नव- निर्मित सभाहल, पुस्तकालय साथै सङ्ग्रहालयको रिवन काटी उद्धाटन समेत गर्नु भएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायब उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरु, लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!