२८ भाद्र २०८३, आइतबार
13-09-2026 , Sun
×

नेपाल प्रहरीका नवनियुक्त ३२ औ आईजीपी चन्द्र कुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र १९, २०८२

काठमाडौं । गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिएका हुन्।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। खापुङ प्रहरीको ३२ औँ आईजीपी बन्न सफल भएका छन् । आईजीपी थापा भदौ १८ गतेदेखि अवकाशमा गएपछि उनले जिम्मेवारी पाएका छन्। तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए।

कार्यक्रममा खापुङले व्यवसायिक मूल्याङ्कन गर्दै आईजीपी नियुक्त गरेकोमा सरकारलाई धन्यवाद दिँदै इमान्दारिताका साथ कर्तव्य पालना गर्ने बताए। उनले तीन दशकको सकसपूर्ण संघर्ष गर्दै प्रहरीको सर्वोच्च पदमा पुग्न पाएको बताए। खापुङले कुनै घटना विशेषको रुपमा प्रहरीको आलोचना हुने गरी पनि त्यसलाई सुझावको रुपमा लिनुपर्ने धारणा राखे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ पुल्चोकस्थित सेवा प्रदायक संस्था लालमटिया स्वास्थ्य चौकी भवनबाट औपचारिक सेवा शुभारम्भका लागि शनिबार बिहानैदेखि सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय नयाँबजार टोल विकास संस्थाले आयोजना गरेको सरसफाइ कार्यक्रममा टोलका सम्पूर्ण बासिन्दाहरुको उत्साहजनक रूपमा सहभागिता रहेकोे थियो । टोल विकास संस्थाकि अध्यक्ष भूमि गुरुङका अनुसार यही आगामी असोज महिनाको पहिलो दिनदेखि औपचारिक […]

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]