२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

बाँके जिल्ला अदालतका नायब सुब्बा १२ हजार घुससहित पक्राउ,

Logo
मेराज सलमानी प्रकाशित बिहिबार, भाद्र १९, २०८२


बाँके,। नेपालगञ्ज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत बाँकेमा कार्यरत नायब सुब्बा (नासु) रामप्रसाद धमलालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

फैसलाको प्रतिलिपि उपलब्ध गराउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस बापत १२ हजार रुपैयाँ माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालगंज बाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
नेपालगञ्ज उपमहानगरपालिका–९ शान्तिनगर स्थित यातायात कार्यालय नजिकैबाट पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

हाल धमलामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!