बाँके,। नेपालगञ्ज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत बाँकेमा कार्यरत नायब सुब्बा (नासु) रामप्रसाद धमलालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
फैसलाको प्रतिलिपि उपलब्ध गराउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस बापत १२ हजार रुपैयाँ माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालगंज बाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
नेपालगञ्ज उपमहानगरपालिका–९ शान्तिनगर स्थित यातायात कार्यालय नजिकैबाट पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
हाल धमलामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।