२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

५ वर्षमा एक हजारभन्दा बढी मानव बेचबिखनका घटनाहरु सार्वजनिक,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र २०, २०८२

काठमाडौं । दिनभर सडक र पुल निर्माणमा पसिना बगाउने सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेल अहिले लौरोको सहाराबिना हिँड्न सक्दैनन् । ढुंगा, गिटी, बालुवा बोकेर जीवन निर्वाह गर्दै आएका भुजेललाई प्रलोभनमा पारी मिर्गौला निकालिएको छ ।

‘होटलमा सजिलो काम पाइने भन्दै भारत पुर्‍याएका मान्छेले नै मेरो मिर्गौला झिक्दिए,’ भुजेलले भने, ‘६ लाख दिन्छु भन्नेका थिए । हालसम्म लागेको सम्पूर्ण खर्च बेहोर्नुपर्ने भनी डर त्रास, करकापमा पारी चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा मसहित ५ जनाको मिर्गौला झिकियो । मिर्गौला निकालिसकेपछि नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाए पनि मलाई पैसा दिएनन् ।’

उनका अनुसार साउन ९ गते मिर्गौला झिकिएको थियो । भुजेलले भारतको होटलमा काम गर्दा मासिक भारु १० देखि २० हजारसम्म कमाइ हुन्छ भन्ने प्रलोभन देखाई कोटेश्वरबाट कलंकी हुँदै सुनौली सीमा पार गराई भारतको चण्डीगढस्थित अपार्टमेन्टमा पुर्‍याएको
प्रहरीलाई बताएका छन् ।

तर यो व्यक्तिगत घटना मात्र होइन । मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले भुजेलजस्तै नेपालका धेरै नागरिक यस्तै प्रलोभनमा परेका छन् । साउन महिनामा अवैध अंग प्रत्यारोपन मुद्दामा ब्युरोमा ४ जनाको मुद्दा दर्ता भएको थियो । साउन २२ र २३ मा एकएक र २७ गते दुईवटा मुद्दा दर्ता भएको ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुवरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]