२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय विरुद्ध आईतबार प्रदर्शन गर्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र २२, २०८२

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, गोविन्द आचार्य, रमेश विष्ट लगायतका पूर्वपदाधिकारीहरुले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन्

उनीहरूले सरकारको यो कदमलाई ‘अलोकतान्त्रिक र असंवैधानिक’ भन्दै तत्काल फिर्ता लिन अल्टिमेटम दिएका छन् । संसद्‌बाटै कानुन बनाएर नियमनको बाटो खुला हुँदा हुँदै सरकारले सामाजिक सञ्जालहरुलाई पूर्णरूपमा बन्द गर्ने कठोर र अलोकतान्त्रिक कदम चालेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको संविधानले प्रत्याभूत गरेका धारा १७ (स्वतन्त्रताको हक), धारा १९ (सञ्चारको हक) र धारा २७ (सूचनाको हक) जस्ता मौलिक अधिकारहरूमाथि सिधा प्रहार गरेको उल्लेख छ। ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो । यस्ता संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यता विपरीत र पूर्णरूपमा अस्वीकार्य छ ।’

त्यस्तै, यो निर्णयले विदेशमा रहेका लाखौँ नेपाली नागरिक र उनीहरूका परिवारबीचको सम्पर्क विच्छेद गराएको, बालबालिकाको सिकाइमा दीर्घकालीन असर पारेको र हजारौँ व्यक्तिको रोजीरोटीसमेत बन्द भएको विषयलाई प्रमुखताका साथ उठाएका छन् ।
सरकारले तत्काल सामाजिक सञ्जाल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न माग गरेका छन् । साथै, सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न पनि उनीहरुले सरकारलाई आह्वान गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

error: Content is protected !!