२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

रसियाले युक्रेनको मन्त्रिपरिषद भवनसहित मुख्य सरकारी भवनहरुमा रसियाले हमला गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र २२, २०८२

एजेन्सी । साथै कतिपय आवशीय भवनमा समेत ड्रोन र मसियालहरु खस्दा १७ भन्दा बढी घाइते भएका छन् भने २ जनाको मृत्यु भएको जनाइएको छ।

युक्रेनकी प्रधानमन्त्री युलिया स्विरीडेन्कोले आज बिहान किभस्थित मन्त्रिपरिषद् भवन रुसको आक्रमणमा क्षतिग्रस्त भएको पुष्टि गरेकी छिन्। रसिया-युक्रेन युद्ध सुरु भएयता पहिलो पटक सो भवनमा आक्रमण भएको हो। वायु सेनाका अनुसार, पछिल्लो आक्रमणमा रुसले रेकर्ड संख्यामा मिसाइल र ड्रोन प्रक्षेपण गरेको थियो।

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

यो आक्रमणमा ठुलो मात्रामा मिसायल र ड्रोनहरुको प्रहार भएङ्का थिए। जसमा वायु सेनाले दिएको विवरणअनुसार, ९ वटा मिसाइल र ५६ वटा ड्रोन ३७ ठाउँमा लागेका थिए, र खसेका टुक्रा ८ ठाउँमा परेको जनाइएको छ।

प्रधानमन्त्रीका अनुसार मन्त्रिपरिषद् भवनको छाना र माथिल्ला तला क्षतिग्रस्त भएको जानकारी दिएकी छिन्। उनले शत्रुले दैनिक रूपमा हाम्रो जनतालाई आतंकित बनाइरहेको बताइन्। साधारणतया, किभको केन्द्रमै मिसाइल वा ड्रोन प्रहार हुनु निकै दुर्लभ मानिएको छ किनकी त्यहाँ वायु-प्रतिरक्षा प्रणालीको बलियो उपस्थिति देखाइएको छ। तर यसपालि, ती रक्षा प्रणालीहरू निस्प्रभावि बनाउँदै रसियाले हमला गरेको छ।

राजधानीलाई लक्ष्य बनाउँदा धुवाँ र विस्फोट देखिएको थियो। शहरका अन्य भागमा पनि आक्रमण भएको छ, जहाँ धेरैतले आवासीय भवनहरूमा ठोक्किएर केही अंश भत्किएका छन्। यी आक्रमणहरू त्यतिबेला भएका हुन् जब राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशलाई चेतावनी दिँदै युद्धविराम भएपछि समेत युक्रेनमा शान्ति सेनाका नामाम कुनैपनि पश्चिमा सेनाको सुरक्षा स्विकार नगर्ने र नपठाउन चेतावनी दिएको केही समयमै भएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।