२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

भीपीएनबाट समाजिक संजाल प्रयोग नगर्न सञ्चार तथा सूचना मन्त्रालयको सबैमा अनुरोध,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र २२, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्म चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँदा त्यस्ता सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भीपीएन प्रयोग नगर्न/नगराउन अनुरोध गरेको हो ।

२२ भदौसम्म स्मार्ट आइडिया प्रालि (हाम्रो पात्रो) र ग्लोबल डायरी प्रालि सूचीकरण भइसक्रिय भइसकेको जानकारी मन्त्रालयले गराएको छ ।

त्यसैगरी सामाजिक सञ्जालहरू ट्वीटर (एक्स) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकोमा सो विवरण उपलब्ध गराइसकिएको जानकारी मन्त्रालयले गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

error: Content is protected !!