२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

संसद् भवन गेटमा गोली चल्दा प्रदर्शनकारीहरू र सुरक्षाकर्मी पनि घाइते,२ जना पत्रकारलाई गोली लाग्यो

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र २३, २०८२

काठमाडौं । जेनजी’ले सरकारबिरुद्ध गरेको आन्दोलन अनियन्त्रित हुँदा सुरक्षाकर्मीले गोली चलाएका छन्। नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना प्रहरीको गोली लागी घाइते भएका छन्। उनलाई अस्पताल लगिएको छ।

संसद् भवनको मुख्य द्वारअघि भएको गोली प्रहारमा प्रदर्शनकारीहरु घाइते भएका छन्।

केहीलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ।

कान्तिपुरका क्यामेरामेन श्याम श्रेष्ठको हातमा समेत गोली लागेको एक प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। झडपमा केही सुरक्षाकर्मीहरू समेत घाइते भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]