२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

काठमाडौंमा जेनजीले गरेको प्रदर्शनको क्रममा घाइते एक जनाको मृत्यु करिब ७० जना घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र २३, २०८२

काठमाडौँ । जेनजी पुस्ताले गरेको प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन् ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब ७० जना घाइते भएका प्रहरीका एक जना उच्च अधिकृतले बताए । घाइतेहरूको मीनभवनस्थित सिभिल अस्पताल र अन्य अस्पतालहरूमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

error: Content is protected !!