काठमाडौं । नेपाल सरकारले आन्दोलनलाई नियन्त्रणमा लिन कर्फ्यु लगाउँदै सेना परिचालन गरेको हो। सरकारले नयाँ बानेश्वर, माइतीघर, राष्ट्रपति भवन, प्रधानमन्त्री निवासलगायतका क्षेत्रमा कर्फ्यु लगाएको छ।

नयाँ बानेश्वरमा संसद् भवन वरिपरिको सडक प्रदर्शनकारीहरूले कब्जा गरेका छन्। जेनजीको आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भइसकेको छ। आन्दोलनमा झण्डै १०० जना घाइते भएका छन्।
स्थानीय सुरक्षा समितिको आग्रहअनुसार नेपाली सेनाको एक टुकडी कर्फ्यू आदेश जारी गरेको क्षेत्रमा सुरक्षाका लागि परिचालन गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।