काठमाडौं । कैयौंको ज्यान जानुको साथै सयौं घाइते हुने गरी भएको बल प्रयोगमा विरोध गरेको बारले जनताको जीउज्यान संरक्षण गर्ने कामलाई व्यवहारमा उतार्न आग्रह गरेको हो ।
बारले विज्ञप्ति जारी गर्दासम्म १५ जनाको ज्यान गएको छ ।
अत्यधिक बल प्रयोग र कैयौंको ज्यान जाने गरी भएको घटनामा खासै टिप्पणी नगरेको बारले सामाजिक सञ्जालका मामिलामा भने नियन्त्रणमुखी नभई समाधानमुखी उपाय अबलम्बन गर्न आग्रह गरेको छ ।
उसले नियन्त्रणले समाधान नहुने भन्दै सरकार र सेवा प्रदायक दुवै संयमित हुनुपर्ने भनेको छ ।
बारले विज्ञप्तिमा भनेको छ, ‘जनताको जीउज्यानको संरक्षणलाई ब्यवहारत: प्रत्याभूत गर्न सरकार समक्ष नेपाल बार एसोसिएसन माग गर्दछ ।’