२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

अस्पताल हाताभित्रै प्रहरी पसेर धरपकड स्वास्थ्यकर्मी भन्छन् गोली र अश्रुग्याँस चलायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र २३, २०८२

काठमाडौं । जेनजी आन्दोलनकारी उपचाररत सिभिल अस्पताल परिसरभित्रै प्रहरी पसेर धरपकड गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी अस्पताल हाताभित्रै प्रवेश गरेको हो ।बानेश्वर क्षेत्रमा प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार नजिकैको सिभिल अस्पतालमा भइरहेको छ । घाइतेहरुलाई लैजाने क्रममा प्रदर्शनकारी पनि प्रवेश गर्ने र उनीहरुलाई पछ्याउँदै प्रहरी पनि प्रवेश गरेर धरपकड गरेको एक स्वास्थ्यकर्मीले बताए ।

उनले भने, ‘अस्पतालको अवस्था निकै तनावपूर्ण छ । प्रहरीले प्रदर्शनकारीलाई इमर्जेन्सी भवनको अगाडि नै गोली र अश्रुग्याँस प्रहार गरेको छ । हामी उपचारमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले नै अश्रुग्याँस खानुपरेको छ ।’

प्रहरीहरु अहिले पनि अस्पताल परिसरभित्र छन् । उनीहरुले माइकिङ प्रदर्शनकारीलाई बाहिर निस्किन भनिरहेका छन् । चिकित्सकहरुले भने प्रहरीलाई अस्पताल हाताबाट बाहिरिन आग्रह गरेका छन् । तर प्रहरीहरु रोकिएका छैनन् ।

सिभिल अस्पतालमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको छ भने करिब एक सय जना घाइते छन् ।अस्पतालका एक स्वास्थ्यकर्मीले भने, ‘हरेक १०–१० मिनेटजस्तोमा घाइतेहरु आइरहेका छन् । हामीले सक्ने उपचार यहीँ गरिरहेका छौं, नसक्नेलाई अन्यत्र रिफर गरिरहेका छौं ।घाइतेहरुको बीर अस्पताल नजिक रहेको राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, केएमसी, एभरेष्ट अस्पताल र पाटन अस्पतालमा समेत उपचार भइरहेको छ । अनलाइनखबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

error: Content is protected !!