२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अस्पताल हाताभित्रै प्रहरी पसेर धरपकड स्वास्थ्यकर्मी भन्छन् गोली र अश्रुग्याँस चलायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र २३, २०८२

काठमाडौं । जेनजी आन्दोलनकारी उपचाररत सिभिल अस्पताल परिसरभित्रै प्रहरी पसेर धरपकड गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी अस्पताल हाताभित्रै प्रवेश गरेको हो ।बानेश्वर क्षेत्रमा प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार नजिकैको सिभिल अस्पतालमा भइरहेको छ । घाइतेहरुलाई लैजाने क्रममा प्रदर्शनकारी पनि प्रवेश गर्ने र उनीहरुलाई पछ्याउँदै प्रहरी पनि प्रवेश गरेर धरपकड गरेको एक स्वास्थ्यकर्मीले बताए ।

उनले भने, ‘अस्पतालको अवस्था निकै तनावपूर्ण छ । प्रहरीले प्रदर्शनकारीलाई इमर्जेन्सी भवनको अगाडि नै गोली र अश्रुग्याँस प्रहार गरेको छ । हामी उपचारमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले नै अश्रुग्याँस खानुपरेको छ ।’

प्रहरीहरु अहिले पनि अस्पताल परिसरभित्र छन् । उनीहरुले माइकिङ प्रदर्शनकारीलाई बाहिर निस्किन भनिरहेका छन् । चिकित्सकहरुले भने प्रहरीलाई अस्पताल हाताबाट बाहिरिन आग्रह गरेका छन् । तर प्रहरीहरु रोकिएका छैनन् ।

सिभिल अस्पतालमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको छ भने करिब एक सय जना घाइते छन् ।अस्पतालका एक स्वास्थ्यकर्मीले भने, ‘हरेक १०–१० मिनेटजस्तोमा घाइतेहरु आइरहेका छन् । हामीले सक्ने उपचार यहीँ गरिरहेका छौं, नसक्नेलाई अन्यत्र रिफर गरिरहेका छौं ।घाइतेहरुको बीर अस्पताल नजिक रहेको राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, केएमसी, एभरेष्ट अस्पताल र पाटन अस्पतालमा समेत उपचार भइरहेको छ । अनलाइनखबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]