काठमाडौं । काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकारले तत्काल सामाजिक सञ्जाल चलाउन दिने निर्णय गर्नुपर्ने बताएको छ।
ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोनबाटै जानकारी गराइसकेका छन्।
प्रधानमन्त्री ओलीलाई सभापति देउवाले सोमबार नै सामाजिक सञ्जाल खोल्न भनेका छन्।
गत बिहीबार सरकारले नेपालमा दर्ता गर्न नआएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजीले काठमाडौं र देशका प्रमुख सहरहरूमा सोमबार गरेको प्रदर्शनका क्रममा प्रहरीले निर्ममतापूर्वक बल प्रयोग गर्दा काठमाडौँमा १७ र इटहरीमा २ गरी १९ जनाको ज्यान गुमेको छ।