२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गगन थापाले जेनजी प्रदर्शनमा भएका घटनाको सबै जिम्मा प्रधानमन्त्री केपीशर्मा ओलीले लिनु पर्छ,

Logo
Abc Sanchar प्रकाशित सोमबार, भाद्र २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी प्रदर्शनमा भएका घटनाको सबै जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

थापाले सरकारले असंवेदनशीलता देखाउँदा अनाहकमा धेरै युवाले ज्यान गुमाएको घटनाले स्तब्ध बनाएको बताए।

उनले भ्रष्टाचार छानबिन र कारबाहीका लागि संविधान संशोधन र उच्चस्तरीय आयोग गठन आवश्यक रहेको उल्लेख गरे।

२३ भदौ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीको प्रदर्शनमा भएका घटनाको सबै जिम्ममा प्रधानमन्त्री ले लिनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले आज विज्ञप्ति निकाल्दै गृहमन्त्रीले राजीनामा दिएर नपुग्‍ने भन्‍दै प्रधानमन्त्री  केपी शर्मा ओलीले जिम्मा लिनुपर्ने बताएका हुन् ।

उनले सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको घटनाले  स्तब्ध बनाएको बताए ।

उनले भने, ‘ कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन। सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदय विदारक घटनाले स्तब्ध बनाएको छ।’

जेनजीले आन्दोलनमार्फत उठाएका मुद्दा आम सरोकारका विषय भएको भन्‍दै उनले  मुख्य विषय सु-शासन, भ्रष्टाचारको छानबिन र संलग्नलाई कारबाही हुनुपर्ने बताए ।

‘ युवाले आन्दोलनमार्फत उठाएका मुद्दा आम सरोकारका विषय हुन्। मुख्य विषय सु-शासन, भ्रष्टाचारको छानबिन र संलग्नलाई कारबाही हो, ‘ उनले भने, ‘ यसको लागि संविधान संशोधन गर्ने देखि भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता कानुनलाई आवश्यक संशोधन गरेर द्रूत गति मा काम गर्नुपर्छ।’

२०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ । साथै सबै भ्रष्टाचारको काण्डको छानबिन गर्न पूर्व प्रधान न्यायधिशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए ।

महामन्त्री थापाले आन्दोलनका कार्यक्रम संवादमार्फत संयमतापूर्वक अगाडि बढाउन र संयम अपनाउन जेनजीलाई आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]