२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

प्रहरीलाई गोली हान्न आदेश दिने सिडिओ छवि रिजालको वेबसाइटबाट किन तस्वीर हटाइएको ?

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र २४, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो वेबसाइटबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको तस्वीर हटाएको छ ।

जेनजी युवाहरूको प्रदर्शनका क्रममा काठमाडाैंमै  १७ जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाउन लगाएका हुन् ।

काठमाडौंमा भएको जेनजी युवाहरूको प्रदर्शनमा दमन गरेको भन्दै सीडीओ रिजालको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

सीडीओ रिजालले आफ्ना सन्तानलाई विदेशमा राखेर पढाइरहेको तर, काठमाडौंमा युवाहरूको प्रदर्शनलाई दमन गर्न आदेश दिएको टिप्पणीसहित आलोचना भइरहेको छ ।

प्रशासनले कर्फ्यू जारी गरेपनि आक्रोशित प्रदर्शनकारीले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन् ।

कर्फ्यू तोडेको भन्दै प्रहरीले प्रदर्शनकारीमाथि लगातार गोली प्रहार गरिरहेको छ ।

काठमाडौंको बानेश्वरसहित शंखमुल, माइतीघर, थापागाउँ, सिंहदरबार लगायतका संवेदनशील क्षेत्रमा प्रहरीले सुरक्षा कडा बनाएको छ ।

जेनजी युवाहरूले प्रदर्शन नियन्त्रण गर्न असफल भएपछि काठमाडौं प्रशासनले सोमबार दिउँसो बानेश्वर आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

माइतीघरमा भेला भएर बानेश्वरतर्फ अगाडि बढेका युवाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीले अश्रु ग्यास, पानीको फोहोरा प्रहार गरेको थियो ।

निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी संघीय संसद भवनभित्र प्रवेश गर्न थालेपछि प्रहरीले लगातार गोली प्रहार गर्न थालेको थियो । अनलाइनखबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

error: Content is protected !!