२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

प्रहरीलाई गोली हान्न आदेश दिने सिडिओ छवि रिजालको वेबसाइटबाट किन तस्वीर हटाइएको ?

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र २४, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो वेबसाइटबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको तस्वीर हटाएको छ ।

जेनजी युवाहरूको प्रदर्शनका क्रममा काठमाडाैंमै  १७ जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ रिजालले वेबसाइटबाट आफ्नो तस्वीर हटाउन लगाएका हुन् ।

काठमाडौंमा भएको जेनजी युवाहरूको प्रदर्शनमा दमन गरेको भन्दै सीडीओ रिजालको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

सीडीओ रिजालले आफ्ना सन्तानलाई विदेशमा राखेर पढाइरहेको तर, काठमाडौंमा युवाहरूको प्रदर्शनलाई दमन गर्न आदेश दिएको टिप्पणीसहित आलोचना भइरहेको छ ।

प्रशासनले कर्फ्यू जारी गरेपनि आक्रोशित प्रदर्शनकारीले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन् ।

कर्फ्यू तोडेको भन्दै प्रहरीले प्रदर्शनकारीमाथि लगातार गोली प्रहार गरिरहेको छ ।

काठमाडौंको बानेश्वरसहित शंखमुल, माइतीघर, थापागाउँ, सिंहदरबार लगायतका संवेदनशील क्षेत्रमा प्रहरीले सुरक्षा कडा बनाएको छ ।

जेनजी युवाहरूले प्रदर्शन नियन्त्रण गर्न असफल भएपछि काठमाडौं प्रशासनले सोमबार दिउँसो बानेश्वर आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

माइतीघरमा भेला भएर बानेश्वरतर्फ अगाडि बढेका युवाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीले अश्रु ग्यास, पानीको फोहोरा प्रहार गरेको थियो ।

निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी संघीय संसद भवनभित्र प्रवेश गर्न थालेपछि प्रहरीले लगातार गोली प्रहार गर्न थालेको थियो । अनलाइनखबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।