१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

काठमाडौं उपत्यका क्षेत्रभित्र अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र २४, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ । सोमबार जेनजी युवाको प्रदर्शनमा भएको हिंसात्मक घटना र त्यसपछि उत्पन्न तनावका कारण यो निर्णय लिइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार, आज बिहान ८:३० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको छ । यसअघि सोमबार बेलुका ५ बजेदेखि लगाइएको कर्फ्यु आज बिहान ५ बजे समाप्त भएको थियो ।

प्रशासनले तोकेको कर्फ्यु क्षेत्रमा बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभाग पर्छ ।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरूबाहेक अन्यलाई हिँडडुल गर्न, सभा-जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!