२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सरकारले गरेको दमन प्रति क्षमायाचना माग्दै घोर आपत्ती जनाउँदै कृषिमन्त्री अधिकारी राजिनामा,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र २४, २०८२

काठमाडौं । कृषी तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट मन्त्री बनेका अधिकारीले आज पदबाट राजीनामा दिएका हुन्।

अधिकारी कांग्रेसको शेखर कोइराला पक्षधर हुन्। आजै कोइरालाले आफू पक्षधरका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए।

यस्तो छ उनको राजीनामा पत्र:

सम्माननिय प्रधानमन्त्रीज्यु,

नेपाल सरकार

सिंहदरबार, काठमान्डौ।

विषयः राजिनामा पेश गरिएकोबारे।

उपर्युक्त सम्बन्धमा म रामनाथ अधिकारी नेपाली काँग्रेस धादिंग जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गतेबाट यहाँको मन्त्रीमन्डलमा कृषी तथा पशुपंछी मन्त्रिको रुपमा ईमानदारीपुर्वक निष्ठाका स

साथ आम जनता र किसान दाजुभाईको हितमा समर्पित हुन पाएकोमा यहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

मैले प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसको लोकतान्त्रिक ईतिहासप्रति मलाई सदैव गर्व छ र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलको सिद्धान्तमा एक सच्चा सिपाहीको नाताले कुनै सम्झौता हुनुहुन्न भन्नेमा म सदैव प्रतिबद्ध छु।

आज मिति २०२८२ भाद्र २३ गते हाम्रो छोराछोरी/नातिनातिना पुस्ताले काठमांडौ र देशका विभिन्न स्थानमा देशमा व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथीको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तीपुर्ण विरोध गर्नु आम नागरिकको नैसर्गिक अधिकार भएको कुरा मनन गर्नुको बदला सरकारवाट ब्यापकरुपमा भएको दमन, हत्या र बलप्रयोगले हामी लोकतन्त्र तर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भई रहेको आभाष मिलि रहेको छ। स-साना कलिला छोराछोरीहरुको दमन गर्दै यो सरकारमा बसि रहन मेरो नैतिकता र मेरो दलले बोकेको बिचार र मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले मलाई चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसी रहन अपराधबोध भएकोले सम्पुर्ण देश र जनता समक्ष म समेत भएको सरकारले गरेको दमन प्रति क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति घोर आपत्ती जनाउँदै तत्कालै लागु हुने गरी यहाँ समक्ष राजिनामा पेश गरेको छु।

पटक-पटक युवापुस्ताले आन्दोलन गरि रहनुपर्ने र सत्तासिनहरुले सदैव असहिष्णुता देखाई दमन गरि रहने हाम्रो बिडम्बनाबाट मुलुकले चाँडै निकास पाओस्, जनताको जिवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथी लोकतन्त्रमा केही हुँदैन, हामी माननीय र सम्माननीय भन्दा हाम्रा जनता सार्वभौम हुन् भन्ने सामान्य चेतना हामीमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]