दाङ । तुलसीपुर कारागारबाट भागेका ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ ।
जेनजी आन्दोलन चलिरहेका बेला हिजो साँझ साढे ५ बजेको ‘ख’ ब्लकमा राखिएका १ सय २५ जना कैदी निस्किएर भागेका थिए ।
भागेका मध्य सेनाको सहयोगमा ९७ जनालाई नियन्त्रणमा लिएको कारागारका जेलर गिरबहादुर सेजुवालले जानकारी दिए ।
उनका अनुसार २८ जना कैदी अझैँ फरार छन् । उनीहरूको खोजी भइरहेको कारागार प्रशासनले जनाएको छ ।