काठमाडौं । प्रदर्शनकारीको आक्रमणमा मंगलबार महाराजगञ्ज प्रहरी वृत्तमा खटिएका दुई प्रहरीको ज्यान गएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन्। कोटेश्वर चौकीमा समेत कार्यरत तीन प्रहरीको आत्मसमर्पणपछि प्रदर्शनकारीले ज्यान लिएका थिए।
महाराजगञ्जमा ज्यान गुमाउनेमा एक असई र एक अर्का प्रहरी रहेको बुझिएको छ। उनीहरूको नाम सार्वजनिक गरिएको छैन।
प्रदर्शनका क्रममा थुप्रै अन्य प्रहरीहरू समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रवक्ताले बताएका छन्।