२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

रिपोर्टिङ गर्दा पत्रकारहरूले आफ्नो स्पष्ट परिचय खुल्ने (प्रेस कार्ड) बोक्न,प्रेस लेखिएको ज्याकेट लगाउन,आग्रह,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, भाद्र २५, २०८२

(प्रेस विज्ञप्ती)
मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको अवस्था छ । आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै पत्रकारलगायत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

अहिले पनि कतिपय स्थानमा निषेधित क्षेत्र घोषणा गरिएको तथा कर्फ्यू लागिरहेको स्थिति छ । यस्तो कठिन समयमा पनि पत्रकारहरूले आफ्नो सञ्चारकर्म निर्वाह गरिरहेका छन् । सञ्चारकर्मीमाथिको आक्रमण र सञ्चारगृहमाथिको तोडफोडप्रति खेद व्यक्त गर्दछौं । संवेदनशील अवस्थालाई मध्यनजर गर्दै पत्रकारले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता राखी पेशागत दायित्व निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।

कार्यक्षेत्रमा खटिँदा पत्रकार साथीहरूले आफ्नो स्पष्ट परिचय खुल्ने परिचयपत्र (प्रेस कार्ड) बोक्न, सम्भव भए प्रेस लेखिएको ज्याकेट लगाउन, समूहमा रहन, आवश्यकताअनुसार सुरक्षाका अन्य उपायहरू अवलम्बन गर्न पनि आग्रह गर्दछौं । रिपोर्टिङका क्रममा असहज/असुरक्षित महसुस भए वा त्यस्तो परिस्थिति सिर्जना भए अविलम्ब सम्बद्ध शाखा वा प्रदेश समितिलाई जानकारी गराउन पनि सबैमा हार्दिक अनुरोध छ । फेरि पनि सुझबुझपूर्ण र जिम्मेवार पत्रकारिताका लागि स्वयं सचेत रहन र सहज वातावरण सिर्जना गरिदिन सम्बद्ध सरोकारवालासँग अपील गर्दछौं ।

पाण्डवप्रसाद शर्मा
महासचिव

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

error: Content is protected !!