२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

रिपोर्टिङ गर्दा पत्रकारहरूले आफ्नो स्पष्ट परिचय खुल्ने (प्रेस कार्ड) बोक्न,प्रेस लेखिएको ज्याकेट लगाउन,आग्रह,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, भाद्र २५, २०८२

(प्रेस विज्ञप्ती)
मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको अवस्था छ । आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै पत्रकारलगायत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

अहिले पनि कतिपय स्थानमा निषेधित क्षेत्र घोषणा गरिएको तथा कर्फ्यू लागिरहेको स्थिति छ । यस्तो कठिन समयमा पनि पत्रकारहरूले आफ्नो सञ्चारकर्म निर्वाह गरिरहेका छन् । सञ्चारकर्मीमाथिको आक्रमण र सञ्चारगृहमाथिको तोडफोडप्रति खेद व्यक्त गर्दछौं । संवेदनशील अवस्थालाई मध्यनजर गर्दै पत्रकारले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता राखी पेशागत दायित्व निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।

कार्यक्षेत्रमा खटिँदा पत्रकार साथीहरूले आफ्नो स्पष्ट परिचय खुल्ने परिचयपत्र (प्रेस कार्ड) बोक्न, सम्भव भए प्रेस लेखिएको ज्याकेट लगाउन, समूहमा रहन, आवश्यकताअनुसार सुरक्षाका अन्य उपायहरू अवलम्बन गर्न पनि आग्रह गर्दछौं । रिपोर्टिङका क्रममा असहज/असुरक्षित महसुस भए वा त्यस्तो परिस्थिति सिर्जना भए अविलम्ब सम्बद्ध शाखा वा प्रदेश समितिलाई जानकारी गराउन पनि सबैमा हार्दिक अनुरोध छ । फेरि पनि सुझबुझपूर्ण र जिम्मेवार पत्रकारिताका लागि स्वयं सचेत रहन र सहज वातावरण सिर्जना गरिदिन सम्बद्ध सरोकारवालासँग अपील गर्दछौं ।

पाण्डवप्रसाद शर्मा
महासचिव

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।