२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

बैठकमा जेनजीहरू माझ राजा फर्काउने चर्चा चलेपछि केही छलफलबाट बाहिरिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र २५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ताका लागि जाने समिति बनाउन तथा छलफलका एजेन्डा तय गर्न बैठक बसिरहेका जेनजीहरूमाझ राजा फर्काउने चर्चा पनि चलेपछि केही छलफलबाट बाहिरिएका छन्।

जेनजी अभियन्ता रक्षा बमले केही सैद्धान्तिक विषयमा मतभेद भएपछि आफू बैठक छाडेर बाहिरिएको जानकारी दिएकी छन्।

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्

‘बैठकमा राजा फर्काउनेसम्मका कुरा उठेपछि केही जेनजीहरूले बैठक छाडेका छन्,’ बैठकमा सहभागी एक जेनजी अभियन्ताले भनिन्।

बैठकमा मुख्यगरी कोको वार्तामा जाने र कसलाई अन्तरिम सरकार प्रमुख बनाउने भन्नेबारे छलफल भइरहेको छ।

केही सदस्य भने अहिलेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउनुपर्ने धारणा राखिरहेका छन् भने केही भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह वा कोही साझा नाममा सहमति बनाउन आग्रह गरिरहेका छन्।

जेनजीका अनुसार वार्ताका लागि समिति बनाएर एजेन्डा स्पष्ट भएपछि उनीहरू राष्ट्रपति पौडेल र सेनाप्रमुख अशोकराज सिग्देलसँग औपचारिक वार्तामा बस्नेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

error: Content is protected !!