२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

वार्तामा बस्नुअघि जेनजीका रक्षा बमको ३ सर्त प्रधानसेनापतिको जवाफ रास्वपा र राप्रपाको पनि सुझाव लिनू,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र २५, २०८२

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले देशमा उलटपुलट ल्याएका जेनजीका आधिकारिक टोली पहिचानको प्रयास जारी राखेका छन्। वार्ता टोली गठन गरेर छलफल अघि बढाउन उनले विभिन्न समूहसँग मंगलबार बेलुकादेखि छलफल गरिरहेका हुन्। मंगलबार बेलुका भद्रकारीस्थित हेडक्वाटरमा भएको छलफल १०–११ बजेसम्म चलेको थियो। सो छलफलमा फरक–फरक समूहबाट १० जना थिए।

छलफलमा सहभागी रक्षा बमका अनुसार प्रधानसेनापतिसँग तीन कुरा प्रष्टसँग भनिएको छ। त्यसमा उनले प्रष्ट जवाफ त दिएका छैनन् तर, केही समय लिन र रास्वपा, राजावादी समूहको कुरा पनि सुन्न भनेका छन्। ‘हामी यही संविधान मान्छौँ, यसको निकास यहीँबाट निकाल्नुपर्छ भनेर भन्यौँ,’ बमले भनिन्, ‘आजलाई प्रारम्भिक छलफल भयो। हामी किन आर्मीसँग मात्र वार्ता गर्छोँ। यो बेलासम्म हामीले संविधान मानेका छौँ। भोलिका दिनमा के हुन्छ ? थाहा छैन। हाम्रो राष्ट्रको अभिभावक राष्ट्रपतिसँग वार्ता गर्छौँ। हाम्रा साथीहरू सरकार पक्षबाट चाहियो। सरकारले स्वामित्व लिनुपर्‍यो, जति मारिए। उनीहरूको जिम्मा त राज्य लिनुप¥यो। आर्मीले सहजीकरण मात्र गरिदेओस्।’

त्यसको जवाफमा प्रधानसेनापति सिग्देलले राजावादी तत्व, रास्वपादेखि सबैसँग संवाद गर्न सुझाव दिएको उनले बताइन। ‘सहजीकरण गर्नुस्, उहाँहरूको विचार र सुझाव पनि लिन संवाद गर्नुहोस्,’ सिग्देलको भनाइ थियो। उनका अनुसार सो छलफलमा उपस्थित भएका १० जना जेनजीले एकै स्वरमा जुनसुकै राजनीतिक पार्टीका मान्छे राखेर वार्ता नगर्ने अडान लिए। त्यही भएर हिजोको र आजको छलफलमा कुनै माग नदिएको उनले दाबी गरिन्। ‘हामीले देशमा शान्ति सुरक्षा कायम होस्, र मृतकप्रतिको सम्मान र घाइतेको उपचार होस् मात्र भन्यौ र निस्कियौ,’ उनले थपिन्।
अब कसरी जाने त ? भनेर प्रधानसेनापतिले सोध्दा समय चाहिन्छ भनेर जवाफ दिएको उनी बताउँछिन्।

‘अहिले नै वार्ता टोलीमा रहने नाम दिन सक्तैनौँ, किनकि, देशका ७७ वटै जिल्लाका जेनजी प्रतिनिधिसँग कुरा गरेर मात्र नाम तय गछौैँ, त्यसका लागि तीन दिनको समय चाहिन्छ,’ उनले भनिन्, ‘यस्तै, रास्वपा, राप्रपा लगायतका कुनै पनि दलका प्रतिनिधि राखेर गरिएको वार्ता स्वीकार्य हुँदैन उनले भनिन् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

error: Content is protected !!