२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

होटल जलाएको नियतवश आफ्नो पसिना आँसु र सपना खरानी बनाइयो, कोमल

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, भाद्र २६, २०८२

दाङ । एमालेकी केन्द्रिय सदस्य तथा पुर्ब रास्ट्रिय सभा सदस्य कोमल ओलिले तुलसीपुरमा रहेको आफ्नो होटेल जलाएको घटनामा नियतवश आफ्नो पसिना, आँसु र सपना खरानी बनाइएको बताएकी छिन ।

उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेकी छिन-`हामी बामे सर्दै थियौँ, तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो ।, मैले सधैं साथ दिएको उमेर समूह जेन–जीको आन्दोलनको आवरणमा मेरो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरुलाई कहिल्यै भलो हुने छैन ।

जेन जीको आन्दोलनका क्रममा शाहदत प्राप्त गर्नुभएका शहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु, घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु । आन्दोलनमा निर्दोष नानीबाबुले अनाहकमा ज्यान गुमाउँदा मेरो छाती चिरिएको छ त्यो पीडा बोकेर बाँचिरहेकी छु ।´

उनले थप्दै भनेकी छिन-`सेवा मुलक सानो होटल सञ्चालन गरेर गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍यउने, सबैलाई संगसंगै समृद्धिको बाटोमा अघि बढाउने सपना थियो मेरो कोमल होटल खोज्दा । म तुलसीपुरका पाँचतारे होटल वा अन्य होटलसँग प्रतिस्पर्धा गर्ने होइन तर प्राकृतिक सौन्दर्यले गर्दा आम जनताको नजरमा परेका रहेछौं । यो होटल मेरो मात्र नभई गाउँको रगत–पसिनासँग जोडिएको थियो । बीस वर्षअघि रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा आज मेरो पसिना र ऋणसँगै उभिएको सपना खरानी बनाईयो । मेरो जीवन तपाईंहरूले देखिरहनुभएको छ, म हुँदाखाने परिवारको हुँ सामान्य तर इमानदार । बाल्यकालदेखि नै खेलाडी र गायिका बनेर प्रतिभा देखाएँ । गीत गाएरै छात्रवृत्ति पाएँ, कक्षा १० सम्म पढेँ र आफ्नो अध्ययनलाई निरन्तरता दिएँ ।

गीत गाएर रेडियो नेपालमा पुरस्कृत भएँ, समाचार वाचनमा आदर्श बन्ने अवसर पाएँ । देश–विदेशले मेरो स्वरमार्फत् नेपाललाई चिने । करिब १८ वर्ष रेडियो नेपालमा सेवा गरेर राजनीति रोजेँ, सेवामुखी जीवन बिताउने संकल्पसहित । २०७४ सालमा राष्ट्रिय सभामा सांसद निर्वाचित भई चार वर्षे कार्यकालभर सकेसम्म सबैको सेवा गरेँ ।

उनले सामाजिक सन्जाल मार्फत भनेकी छिन-`मेरो जीवन ईमान र निष्ठामा अडिएको छ । मैले कहिल्यै भ्रष्टाचार गरेकी छैन, उपचार खर्चका नाममा सुविधा लिएको छैन ! आर्थिक प्रलोभनमा परेको छैन ! कसैलाई टिकट काट्न लगाएको छैन, कसैको चिया खाएको छैन । यदि म भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने गोली खान तयार छु ।´ म नेकपा एमालेमा यस आशाले गएँ कि परिवर्तन सम्भव हुन्छ । तर के केवल कुनै दलमा आवद्ध हुनु नै भ्रष्ट हुनु हो ? नेपालको संविधान स्वयंले यसलाई अस्वीकार गर्छ ।

मेरो सम्पूर्ण पूँजी मेरो ईमान र निष्ठा हो । २०७९ सालको निर्वाचन जित्न सकिन, तर करिब ३० हजार नागरिकको भावना जित्न सकें । त्यो नै मेरो जीवनको सबैभन्दा ठूलो प्रेरणा हो । मलाई मत दिनुभएका मात्र होइन, नदिनुभएका दाङवासीलाई पनि मैले मनमा राखेकी छु, मुटुमा राखेकी छु । तर आज प्रश्न गर्छु : जेन–जीको क्रान्ति र परिवर्तनको नाममा आएको युवाको उर्जामाथि गर्व गर्छु, तर सोही नाममा अरूले गरेको यो काम के साँच्चै आन्दोलनको हिस्सा हो ?, के मेरो घर ध्वस्त पार्नु र होटलमा आगो लगाउनु जेन–जीको क्रान्ति हो ?, ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो ?, पानीको सेवा दिईरहेका ईसर ट्रक र टाटा योद्धा गाडी जलाउँदा अलिकति हात काँपेनन् ?

यो कामले न त तुलसीपुरको हित भयो, न भविष्य उज्यालो बन्यो । अरुको पसिना रगत लुटेर कहिल्यै प्रगति हुँदैन ।´

साथै कोमलले भनेकी छिन-`माओवादीहरूले २०६१ सालतिर पनि यसरी नै मेरो घर लुटेका थिए ! बम हानेर जलाएका थिए ! सात वर्षसम्म जग्गा कब्जा गरेका थिए । त्यसबेलादेखि मेरी आमा निरन्तर बिरामी हुनु भएको छ । त्यो पापको फल आज उनीहरूले पाए ! फेरि त्यही बाटो नयाँ पुस्ताले जेनजीको नाममा दोहोर्याएर अर्को पापको भारी बोक्यौ ।

यो नियतवश, योजनावद्ध, भीडमा पसेर गरिएको अपराध हो ! एक निस्कलङ्क, गरिखाने चेलिको रगत पसिना चुसेर गरिएको महापाप । जब जब मेरो गीत “तुलसीपुरमा म जाँदाखेरि“ बज्नेछ, तिम्रा लुट्ने हात काँप्नेछन् । तिमीहरू पश्चात्तापले चिरिनेछौ । यो देश बाँकी रहने छ, कानुनी शासन चल्ने छ र तिमीहरू कानूनको कठघरामा उभिनुपर्नेछ , जवाफ दिनुपर्नेछ, मेरो पसिना खरानी बनाएर, घर ध्वस्त पारेर, होटलमा आगो लगाएर तिमीहरूले केवल गल्ती मात्र गरेनौ,महागल्ती गर्यौ । यो पापको परिणाम तिमीहरूले भोग्ने नै छौ ।आज म स्पष्ट भन्न चाहन्छु– मेरो निष्ठा, मेरो इमान र मेरो सेवाभावमाथि प्रश्न उठाउने जो–कोहीलाई इतिहासले धिक्कार्नेछ । मेरो सपना खरानी बनाउन सकिन्छ तर मेरो आत्मसम्मान र मेरो देशप्रतिको माया खरानी बनाउन सकिँदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।